धादिङको किराञ्चोकमा स्वास्थ्य चौकी र गाविस कार्यालय एउटै

640 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

केशव अधिकारी

धादिङ, – धादिङको किराञ्चोक गाविसमा स्वास्थ्य चौकी र गाविसको कार्यालय एउटै भवनमा सञ्चालन हुँदै आएको छ ।

एउटै भवनभित्र चारवटा कार्यालय भएका कारण बिरामी भएर औषधी उपचारका लागि पुग्ने सर्वसाधारण र गाविसबाट प्रदान गरिने सेवा सुविधा, सिफारिश लिन आउनेहरुको पहिचान गर्नै मुस्किल हुने गर्दछ ।

ग्रामीण भेगका सर्वसाधारणलाई स्वास्थ्य सेवा दिने उद्देश्यले स्थापना भएको उप–स्वास्थ्य चौकी संचालनमा आएको  २१ वर्ष बितिसक्दा समेत भवनको अभाव झेल्दै आएको छ ।

दक्षिणी धादिङको विकटमा रहेको किराञ्चोक गाविसमा २०५० साल असार २५ गते स्थापना भएको किराञ्चोक उप–स्वास्थ्य चौकी अहिलेसम्म भवन बिहिन अवस्थामा छ । सरकारी स्वास्थ्य संस्था भएपनि स्थापनाकाल देखि अहिलेसम्म कहिले Kiranchok (2)गाविस भवन र कहिले व्यक्तिको घरमा संचालन हुँदै आएको छ । स्वास्थ्य चौकी संचालनमा रहेको गाविस भवन तत्कालिन बिद्रोही माओवादीले जलाएपछि  एउटा साँघुरो कोठामा सिमित भएको थियो । अहिले गाविसको २ वटा कोठालाई स्वास्थ्य चौकीका रुपमा प्रयोग गरिएको छ ।

औषधी स्टोर, कार्यालय सञ्चालन, बिरामी जाँच, प्रसूति जाँच, सुत्केरी गराउने, भेटघाट कक्ष सबैलाई २ वटा कोठामा सिमित राखेर  सञ्चालन गर्दै आएको उप–स्वास्थ्य चौकी प्रमुख अहेव एकराज तिवारीले बताउनुभयो । सरकारले मातृशिशु दर घटाउन हरेक उप–स्वास्थ्य तथा स्वास्थ्य चौकीमा प्रसुुती केन्द्र सञ्चालन नीति अनुसार किराञ्चोकमा समेत प्रसूति सेवा सञ्चालनमा ल्याइएको छ ।

गाँउ विकास समितिमा हुने जमघट र स्वास्थ्य संस्थामा आउने सेवाग्राही फरक प्रकृतिका हुने हुँदा खास गरी किशोर किशोरी र प्रसुती जाँच तथा सुत्केरी हुन आउनेहरुलाई अप्ठ्यारो पर्ने गरेको स्वास्थ्यकर्मीको भनाई उज्यालो अनलाईनले खबर लेखेको छ ।