प्रेस चौतारी धादिङमा सर्वसम्मतवाट नेत्तृत्व चयन

681 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

SAM_5436धादिङ,२५ असोज- प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङको सातौं जिल्ला अधिबेशन शुक्रवार धादिङबेसीमा सम्पन्न भएको छ । अधिबेशनले नारायणचन्द्र सुवेदीको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिति सर्वसम्मतवाट चयन भएको छ ।
नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा कपिलदेव सापकोटा,सचिवमा सरिता श्रेष्ठ,सह सचिवमा भरत रेग्मी र कोषाध्यक्षमा रामचन्द्र रुपाखेती रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा राजन सिलवाल,राजन लम्साल,सुनिता सिम्खडा,दोलख गुरुङ,सिर्जना खनाल र केशव नेपाली,इन्दिरा सुवेदी र विवेक अर्याल रहनु भएको छ । नव निर्वाचित कार्य समितिलाई प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्याल,उपाध्यक्ष उपेन्द्र केसी,महासचिव माधव नेपाल, सचिव द्धय रामकुमार एलन र गणेश पाण्डे,केन्द्रिय सदस्य एवम वागमती अंचल इन्चार्ज केशव अधिकारी,नेकपा एमाले धादिङका प्रचार विभाग इन्चार्ज सुवाष खतिवडा, सह इन्चार्ज राधिका सापकोटा, निवर्तमान अध्यक्ष रामेश्वर कार्की, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली लगायतले शुभकामना दिनु भएको थियो ।