नुवाकोटको भैरबि मन्दिरको मुकुट चोर्ने प्रकाउ

910 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

किरण अधिकारी, नुवाकोटः
नेपालको प्रसिद्ध शक्तिपीठ नुवाकोटको भैरबि  मन्दिरको मुकुट चोर्नेहरुलाई प्रहरीले प्रकाउ गरेको छ । गत साउन ३१ गते मन्दिरबाट मुकुट चोरी भएको थियो । चोरीमा संलग्न रसुवा सरमथली ५ बस्ने वर्ष २७ को प्रदिप मोक्तान , नुवाकोट सामchor १ बस्ने वर्ष १९ को सन्जोग नेपाली ,नुवाकोट खड्ग भन्ज्यांग ६ बस्ने वर्ष २३ को योगेन्द्र अधिकारी , नुवाकोट बिदुर नगरपालिका १ बस्ने वर्ष १९ को सुरेश तामांग , नुवाकोट बिदुर ८ बस्ने वर्ष १७ को बिजय आलेमगर , बिदुर ५ बस्ने वर्ष १७ को सुब्बा सुर्खेती , नुवाकोट मनकामना ३ बस्ने वर्ष २४ को तोरण लामा नुवाकोट सुर्यमती २ बस्ने वर्ष ३० को दिपक थापा लाई जिल्ला प्रहरी कार्येलय नुवाकोटले सार्बजनिक गरेको छ । उनिहरुबाट  मुकुट सहित चाँदीको सिक्रीको टुक्का १ थान , दानपेटिका १ थान , सिक्का सहितको करुवा १ थान बरामद गरिएको छ ।
चोरीमा अन्य संलग्न ३ देखि ४ जना रहेको अनुमान गर्दै प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्येलय नुवाकोटक प्रमुख अरुण पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ ।chor-pakrau