यूवाहरुको सक्रियतामा मन्दिर निर्माण

896 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एस आर दुवाडी
radha krishna tampleढोला गाबिसको वडानम्वर ९ आंखेटारीडांडामा राधा कृष्ण मन्दिर निर्माण भई पुजाआजा सञ्चालनमा आएको छ । भगवान प्रतिको स्थानियको भावनाको कदर गर्दै सोही स्थानका युवाहरुको सक्रितामा मन्दिरको निर्माण गरिएको हो । सरकारी निकाय बाट कुनै पनि सहयोग नचएपनि समुदायवाटै चार लाख पचास हजार रुपैया संकलन गरी सोही रकमवाट मन्दिरको निर्माण कार्य सम्पन्न भएको हो ।
मन्दिर निर्माणका क्रममा ढोला गाबिस वडा नम्वर ९ का डिल्ली प्रसाद दुवाडीले नियमित रेखदेख तथा निर्माणमा संलग्न भएका युवाहरुलाई आवश्यक सल्लाह सुझाव प्रदान दिई प्रेरित गर्नुभएको थियो । त्योस त मन्दिर निर्माणका लागि बिशेष गरी दुवाडी परिवार बाट आर्थिक संकलन भएको थियो । २०७० सालको बिजया दशमीको अवसरमा गाउमा जम्मा भएका दाजुभाईहरुको सल्लाह बमोजिम मन्दिर निर्माण गर्ने भनी आर्थिक संकलन गर्न सुरुगरेको र निरन्तर रुपमा लागी परेको कारण २०७१ भाद्र १ गते देखी औपचारिक रुपबाट मन्दिरको पुजाआजा गरी भक्तजनहरुको लागि खुल्ला गर्न सम्भव भएको वताईएको छ ।
मन्दिरमा राधा कृष्ण, शिव पार्वती, बिष्णु, लक्ष्मी, शिव लिङ्ग लगाएतका देवी देवताको मुर्ती स्थापना भएको छ । नियमित रुपमा पुजा आजा गर्नका लागि स्थानिय ब्राम्हण लाई जिम्मा लगाईएको छ । यस मन्दिरमा बिशेष गरी कृष्ण जन्माष्टमीमा मेला लाग्ने प्रवन्ध समेत मिलाईएको छ ।
नेपालमा हिन्दु धर्ममान्ने मानिसहरुको संख्या अधिक रहेको छ । देशलाई धर्म निरपेक्षता घोषणा गरिएको भए पनि मानिस भित्रको आस्थामा खासै भिन्नता आएको छैन । अन्य धर्मको तुलनामा हिन्दु धर्म मान्न सजिलो भएकाले पनि यस धर्म प्रति धेरै मानिसको आस्था रहन गएको पाईन्छ । हाम्रा अग्रजहरु बिशेष गरी धर्मप्रति निष्ठावान रहनु भएको थियो, धर्म मान्नाले मन शान्ति हुने, कलह नहुने, ईमान्दार बनाउने, सहयोगी बनाउने जस्ता कार्यका लागि सहयोग पुर्याउने विश्वास रहि आएको छ । बिशेष गरी युवाहरु लाई पनि धर्म प्रति निष्ठावान बनाउन सके स्थानिय स्तरमा हुने गरेको कलह लाई न्यूनिकरण गर्न सकिन्छ । सरकारी निकाय बाट बिकासको लागि भनेर छुट्टिएर आएको बजेट पनि आप्mनो पेट पुजा गर्नमा प्रयोग हुनाले बिकासले गति लिन नसकेको दृष्टान्तहरु हाम्रो अगाडी धेरै छन ।
कुनै पनि सामाजिक कार्य गर्दा आप्mनो अनकुलमा उपलव्धि हुने निस्चितता खोज्ने गरेको अव कसैलाई अनौठो लाग्दैन होला, हामी सबैलाई सामान्य जस्तै लाग्न थाली सकेको छ । हाम्रो गाबिसका थुप्रै बिषयहरुलाई यस बिषयको उदाहरण हामी दिन सक्दछौ । हामीले यस मन्दिर निर्माणमा अरुको मुख नताकी आप्mनै अग्रसरतामा सफलता पूर्वक कार्य सम्पन्न गरी उदाहरण प्रस्तुत भएको छ भन्ने हामिले ठानेका छौ । गरे सम्भव छ भन्ने उदाहरण पनि बन्न पुगेको छ ।
आप्mना सन्तानहरुलाई आमा बुबाको चाहाना पुरा गर्नका लागि बिभिन्न कार्य गर्ने चाहना हुनु स्वभाविकनै हो । सबैका चाहाना पुराहुनका लागि सकारात्मक सोचको आवश्यकता पर्ने गर्दछ । यसका अलावा सामाजिक सद्भाव, ऐकेवद्धता, मेलमिलाप तथा उचित वातावरण हुनु अनिवार्य हुन्छ । यस मन्दिर निर्माण संगै माधव प्रसाद दुवाडी, कृष्ण प्रसाद दुवाडी, गोबिन्द दुवाडी तथा बिष्णु प्रसाद दुवाडी गरी चार जना दाजु भाईले स्वर्गिय आमाको स्मृतिमा पचास हजार रुपैयाको अक्षय कोषको स्थापना गर्नु भएको छ । त्यस बाट प्रतेक बर्ष असहाय तथा बिपन्न बर्गका गर्भवती महिलालाई सहयोग गरिने अक्षयकोष ब्यवस्थापन समितिले जनाएको छ ।
आगामी दिनमा यस मन्दिर लाई ब्यवस्थित गर्न गाबिस तथा जिबिस बाट बजेटको ब्यवस्था गरिनु पर्दछ । मानिस हरु पैदल मार्गबाट सदरमुकाम जानका लागि प्रयोग गर्ने मुलबाटोमा पर्ने भएकाले बटुवाहरुलाई पिउने पानी पनि हुने र दैनिक पुजा आजा गनृका लागि पनि यस मन्दिरमा खानेपानी तत्काल ब्यवस्था गरिनु पर्दछ । यसका लागि आवश्यक सहयोग सम्वन्धित निकायले गर्नेछ भन्ने हामिले बिश्वास लिएका छौ । आगामी दिनमा यस मन्दिर ब्यवस्थापन गर्ने, संरक्षण गर्ने दायित्व हाम्रे कांधमा आएको छ । ढोला बासी सम्पुर्णमा यस मन्दिर संरक्षको लागि सहयोग र सद्भावको लागि समितिले आग्रह समेत गरेको छ ।