स्माईल कन्टेनमा धादिङ न्यूजका अधिकारी छैटौं स्थानमा,मत आउनेक्रम जारी

1085 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

headerDSC00417

धादिङ–विभिन्न किसिमका मोवाइल, क्यामेरा उत्पादन तथा बिक्री बितरण गर्दै आईरहेको अन्र्तराष्ट्रिय कम्पनी हुवाई डिभाईसले आयोजना गरेको “स्माईल कन्टेनमा” धादिङ न्युजका केशव अधिकारी अहिले छैटौं स्थानमा आईपुग्नु भएको छ । प्रतियोगितामा अहिले सम्म १ सय ६९ जनाले प्रतिस्पर्धा गरिरहेका छन ।कम्पनीले नेपालमा पनि आफ्नो उत्पादन बिक्री बितरण संगै उपभोक्ताहरुको बिचमा प्रतियोगिताको आयोजना गरेको हो ।
हुवाईसंग सबैको खुसी भन्ने उदघोषका साथ हुवाई डिभाईस नेपालले शुरु गरेको फोटो प्रतियोगितामा धादिङ न्यूज डट कम ( अनलाईन खबर पत्रिका) का अध्यक्ष एवम प्रवन्ध निर्देशक अधिकारीले पनि प्रतिस्पर्धामा सहभागिता जनाउनु भएको हो । प्रतियोगितको तस्बिर राखिएको हुवार्इ डिभाईस नेपालको फेसबुक पेजhttp://siriusstarnepal.com/huaweivoting/index1.php मा गएर एक जनालाई एक पटक मात्र भोट दिन पाईने व्यवस्था गरिएको छ । प्रतियोगिहरु मध्ये सबैभन्दा धेरैलाईक ( भोट) ल्याउनेले कम्पनीको तर्फवाट आकर्षक पुरस्कारहरु पाउने कम्पनीको आधिकारिक फेसबुक पेजमा उल्लेख गरिएको छ ।
मत दिनका लागि http://siriusstarnepal.com/huaweivoting/index1.php  मा जानु पर्नेछ । कम्पनीले आफ्नो व्यापारिक फेसवुक पेजमा लाईक गर्नेहरुमध्येवाट पनि केहीलाई प्रत्येक हप्ता उपहार दिंदै आईरहेको छ ।हुवाईले विश्वका एक तिहाई जनसंख्यासंग आफ्नो उत्पादन पुर्याउने महत्वाकांक्षी योजना अघि सार्दै विश्व वजारमा उत्पादनहरु विस्तार गर्दै आईरहेको छ । अमेरीका,जर्मन,स्विडेन,रसिया, चिन र भारतवाट उत्पादन गर्दै विश्वभर वितरण गर्दै आईरहेको कम्पनीले जनाएको छ । हुवाईले बिशेषगरी तीनवटा व्यापारिक क्षेत्रमा लगानी गर्दै आईरहेको छ । जस अन्र्तगत हुवाई कन्जुमर विजनेश ग्रुप(विजी)ले मोवाईल तथा अन्य डिभाईसहरुको साथै स्मार्टफोन उत्पादन तथा बिक्री बितरण गर्दैआईरहेको छ । नेपाली उपभोक्ताहरुका बिच हुवाईको उत्पादनको प्रचार प्रसार गराउने उद्धेश्यले सामाजिक संजालमा स्माईल फोटो प्रतियोगिता गराएर धेरैभन्दा धेरै सामाजिक संजाललाई आफ्नो उत्पादनको वारेमा जानकारी गराउने कम्पनीको लक्ष्य रहेको हुवाई कन्जुमर सेवाले जनाएको छ ।