अश्लिल वेभसाइटमा भिडियो राखी महिला साथीको चरित्र हत्या गर्ने पक्राउ

582 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, मंसीर ७– आफ्नै सहपाठीको भिडियो तथा फोटोलाई अश्लिल बनाई वेभसाइटमा राख्ने एक युवकलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको छ । काठमाडौंको क्षेत्रपाटीमा बस्ने २७ वर्षीय निरज शाक्यले महिला साथीको चरित्र हत्या गर्न खोजेको भन्दै विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ । घटनाको थप अनुसन्धान जारी रहेको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ । –