महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस शुरु
758 पटक पढिएको
धादिङ– ‘घर शान्ति नै विश्व शान्तिको आधारः महिला हिंसाविरुद्ध शुन्य सहिष्णुता कायम गरौं’ भन्ने नारा सहित ’ं मंगलवार देखि महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालामा पनि शुरु भएको छ ।
यस क्रममा धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा पनि मंगलवार विहान प्रभातफेरी सम्पन्न पुछारवजार पुलचोकवाट शुरु भएको प्रभातफेरी सिरानवजार रमाईलो चौतारामा पुगेर कोण सभामा परिणत भई सम्पन्न भएको थियो । प्रभातफेरी पछि आयोजित कोण सभालाई महिला तथा वालवालिका कार्यालयका प्रमुख सावित्री थापा रावल, प्रमुख जिल्ला अधिकारी वाशुदेव घिमिरेका साथै विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुले सम्वोधन गर्नुभएको थियो ।
प्रत्येक वर्ष २५ नोभेम्बरका दिन विश्वव्यापी रुप मै यो दिवश मनाइदै आएको छ । महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवस २५ नोभेम्वरदेखि अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्वरसम्म १६ दिन बिभिन्न कार्यक्रम गरि अभियान कै रुपमा विश्व भरी मनाउने गरिन्छ । धादिङमा पनि महिला अधिकारका क्षेत्रमा कार्यरत सरकारी तथा गैर सरकारी संस्थाहरुले विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएका छन ।