शेयर सदस्यहरुलाई १५.७९ प्रतिशत नगद लाभांश बाढ्दै सिभिक बैंक

496 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

civik_bank_dhadingnewsधादिङ । धादिङ जिल्लामा मुख्य कार्यालय रहेको सिभिक डेभलपमेण्ट बैंकले आफ्ना शेयर सदस्यहरुलाई मुनाफा बितरण गर्ने भएको छ ।

मंसिर ८ गते बसेको बैंक संचालक समितिको बैठकले आर्थिक बर्ष २०७०/७१ को मुनाफाबाट शेयरधनीहरुलाई १५.७९ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको बैकका महाप्रवन्धक प्रकाशमान वज्राचार्यले वताए ।

यसैगरी बैकले १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्न निर्णयको लागि साधारण सभामा प्रस्ताव पेश गर्ने भएको छ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा केन्द्रीय कार्यालय रहेको बैकको बैरनी र आरुघाटमा शाखा तथा धादिङबेसीको पुच्छारबजार, आदमघाट र सल्यानटारमा एक्सटेनसन् काउण्टर रहेको छ भने धादिङबेसीको सिरानबजार र बैरेनी गाविसको गल्छीमा सिमित बैंकिङ्ग इकाई संचालनमा रहेको बैकले जनाएको छ ।

अधिकृत पूंजी १० करोड, जारी तथा चुक्ता पूंजी ५/५ करोड रहेको यस बैंकको १ः१ अनुपातमा हकप्रद शेयर जारी गरी चुक्ता पूंजी रु.१० करोड पु¥याई अन्य दुई जिल्लामा कार्य विस्तार गर्ने योजना रहेको पनि महाप्रवन्धक वज्राचार्यले वताए । बैंकको ५ औं वार्षिक साधारणसभा आगामी पौष १९ गते हुने भएको छ ।