हुेर्नुहोस्, संसारका चर्चित ७ सेक्स बजार !

869 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Sex Market

एजेन्सी । पछिल्लो समयमा सेक्स बजार विश्वमा नै फस्टाउँदै गएको छ । कतिपय देशहरुमा यौन बजार वैध छ भने कतिपय देशहरुमा बर्जित भएपनि गोप्य रुपमा सेक्स बजार फस्टाइरहेको छ । ती मध्ये केही सेक्स बजार यस्ता छन् ।

डोमेनिकन गणतन्त्र
विश्व सेक्स बजार मध्ये क्यारेबियन राष्ट्र डोमेनिकन रिपब्लिक सबैभन्दा अगाडि मानिन्छ । यहाँ ६० हजार महिला यौनकर्मी रहेको अनुमान छ भने यौन व्यवसायका लागि विभिन्न देशका महिलाहरु समेत डोमिनिकन गणतन्त्र पुग्ने गरेका छन् । डोमिनिकन गणतन्त्रमा यौन व्यवसाय खुल्ला भएपनि कम उमेरका महिलासँग यौन सम्पर्क गरिनु गैरकानुनी मानिन्छ । तर, यहाँका अधिकांश यौनकर्मी किशोरीहरु नै रहेको अनुमान छ । यहाँ देह व्यापार दिन २ गुणा रात चौगुणाको दरले बढिरहेको छ ।

कम्बोडिया
कम्बोडियामा सेक्स व्यापार गैह्रकानुनी हो । तर, यहाँ सेक्स बजार दिन प्रतिदिन फस्टाउँदो छ । विश्वमा निकै गरिब राष्ट्रमा पर्ने भएकोले पनि यहाँका महिलाहरु जीवन धान्नका लागि यौन व्यवसाय गर्न बाध्य बन्ने गरेका छन् । कम्बोडियामा यौन व्यवसायमा बालबालिका प्रयोग भएको भन्दै बेलाबेलामा चर्को आवाज उठ्ने गरेको छ ।

नेदरल्यान्ड्स
नेदरल्याण्ड्स सरकारले यौन व्यवसाय गर्नका लागि छुट्टै ‘रेड लाइट’ एरिया नै तोकेको छ । त्यहाँ देशभित्र र बाहिरका मानिसहरु यौन व्यवसायमा सामेल हुन्छन् । आम्सटर्डमकाम रहेको उक्त एरियाका होटल लजहरुमा समेत यौन बिक्री गर्ने व्यवसायी प्रशस्तै पाइन्छन् ।

केन्या
अफ्रिकी मुलुक केन्या पनि विश्वको यौन व्यवसाय चल्ने देशमा पर्छ । यहाँका मानिसहरु गरिबीका कारण यौन व्यवसायमा सामेल हुने गरेका छन् । तर केन्याको यौन बजार विश्वकै असुरक्षित यौनबजार मध्ये पर्छ ।

ब्राजील

पछिल्लो समयमा विश्व अर्थतन्त्रमा उदाउँदा गतिमा रहेको ब्राजील नेपाल जस्तै जंगल सयर, सुन्दर र मिजासिला मानिसहरुका साथै मन लोभ्याउने समुन्द्री किनार रहेको सुन्दर भूमि पनि हो । यहाँ रहेको यौन बजारमा मानिसहरुले आफ्नो गन्तव्य बनाउने गरेका छन् । ब्राजील विश्वकै दोस्रो ठूलो यौन बजार पनि हो । यहाँ महिला र पुरुष दुवै यौन व्यवसायी हुन्छन् ।

फिलिपिन्स
फिलिपिन्स यौन व्यवसाय बर्जित देश हो । यहाँ यौन व्यवसायीहरुलाई पक्रने र कडा सजाय समेत दिने गरेको पाइन्छ । तर पनि फिलिपिन्समा लुकेर यौन व्यवसाय गर्नेहरुको कमी छैन । यहाँ झण्डै ५ लाख मानिसहरु यौन व्यवसायमा सामेल हुने गरेको अनुमान छ । फिलिपिन्समा रहेकमा बारहरुमा अधिकांश यौन ग्राहक पुग्ने गरेका छन् ।

कोलम्बिया
कोलम्बिया पछिल्लो समयमा दक्षिण अमेरिकाको चर्चित सेक्स बजार हो । लागु औषधकाम लागि यहाँ मानिसहरु कम पैसामा पनि यौन व्यवसायमा सामेल हुने गरेका छन् । यहाँ दलाली गरेरै यौन व्यापार मच्चाउने मानिसहरु पुग्छन् । निकै सुन्दर महिलाहरु हुने कोलम्बियामा यौन बजार फस्टाउदो छ ।

– See more at: http://www.nepalsandesh.com/2014/12/08/112177#sthash.zQKt1KXa.iudFcB0B.dpuf