सकियो १६ दिने अभियान, महिलाहरु घर भित्रै सुरक्षित छैनन् ।

626 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

घर शान्ति नै बिश्व शान्तिको आधार, महिला हिंसा बिरुद्ध शुन्य सहिष्णुता कायम गरौ भन्ने मुल नाराका साथ मंसिर ९ गते देखी सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ अभियान बुधबारबाट सम्पन्न भएको छ । महिलाहरुलाई आफ्नो अधिकारको बारेमा जानकारी गराउने र हिंसामा परेका महिलाहरुलाई कानुनी सेवा दिने उद्देश्यले १६ दिन सम्म जिल्लाका विभिन्न गाउँ विकास समितिमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको । जिल्लामा रहेको विभिन्न गैर सरकारी संस्थाहरुले पनि अभियान अवधी भर विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । नोबेम्बर २५ तारिख देखी डिसेम्बर १० तारिख सम्म हरेक बर्ष बिभिन्न यो दिवस मनाउने गरिन्छ । मंसिर ९ गते दखि धादिङबेसीमा विभिन्न महिला हिंसा सम्बन्धी जनचेतना मूलक कार्यक्रमको आयोजना गरी मनाइएको थियो । जिल्लामा रहेको विभिन्न गैर सरकारी संस्थाहरुले पनि अभियान अवधीभर विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । जस अन्र्तगत अभियानको अन्तिम दिन फोकस नेपाल धादिङले सवारी साधनमा स्टिकर टाँसेको छ । महिला हिंसा विरुद्ध जानकारी गराउने उद्देश्यले सवारी साधनमा स्टिकर थासिएको संस्थाले जनाएको छ । जिल्लामा रहेका प्रयास नेपाल, सिड्न धादिङ, फोकस नेपाल, सहयात्री समाज,आवाज अभियान लगायत दर्जनौ संघ–संस्थाहरुले विभिन्न कार्यक्रमहरु सन्चालन गरेका थिए ।