नेपालका उत्कृष्ट १० अनलाइन सपिङ साइट

1039 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेecommerce-site-in-nepalपालमा अनलाइन बिजनेशमा ई-पसलहरु सञ्चालन गर्नेहरु होडबाजी बढेकाे छ । भारत र अन्य विकसित देशमाजस्तो अनलाइन बिजनेशमा ठूलो कारोबार नभएपनि विस्तारै यो कल्चर नेपालमा पनि विस्तार भइरहेको छ । सन् २००० मा नै सुरु भएको ठमेल डटकमबाट अहिलेसम्म आइपुग्दा सयौ‌ यस्ता अनलाइन सपिङ वेबसाइटहरु सञ्चालनमा आइसकेका छन ।

मुन्चा डट कम, हरिलो डट कममात्र नभएर ठमेल डट कम, ई-झोला डट कम, भाटभटेनी अनलाइन डट कम, थ्रिडपेन्ट्स डटकम, सस्तो डिल डटकम, उपहारहरु डटकम, सपमाण्डु डट्कम, मेट्रो तरकारी डटकम, सपिङनेपाल डटकम, फुडमाण्डु डटकम, नेपाली बजार डटकम, पसल डटकम, आइसप नेपाल डटकम, किनमेल डटकम, रोजेको डटकम, एस कान्तिपुर डटकम, कारोबारमार्ट डटकम, काठमाण्डौमार्ट डटकम लगायतका दर्जनौ वेबसाइटहरुमा भर्चुअल मार्केटको व्यपार भइरहेको छ । यसमध्ये केहि उत्कृष्ट अनलाइन सपिङ वेबसाइटहरु यहाँ प्रस्तुत गरेका छौ :

www.muncha.com

यो सबै किसिमका सामानहरुको अनलाइन सपिङ स्टोर हो । यसले विदेशमा बस्ने नेपालीहरुलाई लक्षित गरेको छ । नेपालको अनलाइन सपिङमा यो साइट सबैभन्दा अघि छ । सन् २००० देखि सुरु भएको मुन्चा डटकम समूहले आइपे अनलाइन पेमेन्ट सिस्टम पनि सुरु गरेको छ । म्युजिकको बिजनेश गर्न सुरु गरिएको यो साइटमा अहिले म्युजिक, किताबलगायत दर्जन बढी प्रडक्टहरु सपिङ गर्न मिल्छ । दैनिक १५-२० वटा अर्डर आउने गरेको कम्पनीले जनाएको छ । विशेष अवसर र चाडपर्वमा यो साइटमा आउने अर्डर धेरै नै छ । अहिले काठमाण्डौ बाहेक ६ ठुला शहरमा यसको सेवा विस्तार भएको छ ।

www.harilo.com

यस साइटले विदेशी सामानहरु खरिद गर्न सकिने व्यवस्था गरेको छ । विश्वका प्रमुख देशहरुका उत्पादनहरु यस साइटमार्फत किन्न सकिन्छ । ग्याजेट्स खरिदको लागि चर्चामा रहेको साइट हो यो । तपाईले किन्न चाहनुभएको प्रडक्टको अमेजनको लिंक दिनुभयो भने यसले तपाईलाई पर्ने मुल्यको बारेमा जानकारी दिन्छ । कुने पेमेनट माध्यम वा अफिस नेपाली रुपैया तिरेमा अमेरिकाबाट तत्काल चाहिएको प्रडक्ट नेपालमा नै डेलिभर गरिदिन्छ ।

www.thamel.com

यो साइट अनलाइन सपिङको पहिलो वेबसाइट हो । सन् २००० मा नै सुरु भएको यो साइटमा विभिन्न गिफ्टहरु पठाउन र खरिद गर्न सकिन्छ । यसमा एनआरएन मार्फत रकम पठाउन पनि सकिन्छ । ठमेल रेमिट मार्फत अनलाइन रेमिट्यान्सको सुविधा पनि यस साइटले दिइरहेको छ । यो एक वेबसाइटमात्र नभएर अनलाइन कारोबारसमेत गर्दछ ।

www.bhatbhatenionline.com

यो भाटभटेनि सपिङ कम्प्लेक्सको अनलाइन सपिङ साइट हो । यसले भाटभटेनिमा उपलब्ध सामानहरुको अनलाइन सुविधा दिएको छ । नेपालमा सपिङ कम्प्लेक्सले दिएको अनलाइन सुविधामा यो पहिलो हो । काठमाण्डौमा थप भाटभटेनि स्टोर विस्तार भएसँगै यसले आफ्नो नयाँ वेब डिजाइनबाट कारोबार गरिरहेको छ ।

www.foodmandu.com

खाना र नास्ताको अर्डर बमोजिम यो वेबसाइटले सेवा दिइरहेको छ । काठमाण्डौ‌का विभिन्न क्षेत्रबाट अर्डर बमोजिम छोटो समयमा नै यसले गुणस्तरीय सुविधा प्रदान गरेको छ । विभिन्न रेस्टुरेन्ट मार्फत पनि यसले अनलाइन सेवा दिइरहेको छ । केहि नयाँ कन्सेप्टमा अनलाइन सपिङ सुरु गरेको यो वेबसाइट सफल भइरहेको छ ।

sastodeal.com

सस्तो डिलले विभिन्न प्रडक्टहरुको छुट र अफरहरु सहितको मुल्य आफ्नो साइटमा राख्ने गरेको छ । यसले मर्चेन्टलाई पैसा तिर्ने, नेट बैकिङ र पेपाल, इ सेवा, आइ पे लागायत पेमेन्ट गेटवे प्रयोग गरिरहेको छ । यसले अनलाइन बुकको लागि सस्तोबुक डट कम पनि सुरु गरेको छ । यसमा धेरै किसिमका प्रडक्टहरु एकै पसलमा किन्न सकिने व्यवस्था गरेको छ ।

www.yeskantipur.com

कान्तिपुर मिडिया ग्रुपले सुरु गरेको ई-कमर्श साइट हो यो । यसमा विभिन्न प्रडक्टहरु अनलाइनबाट खरिद गर्न सकिन्छ । क्यास अन डेलिभरी र बैंक पेमेन्ट सिस्टम यसको पेमेन्ट सिस्टम रहेको छ । दैनिक ५ बढि अर्डर आउने यस साइट सञ्चालकले बताएका छन । यसले अर्डर लिएर प्रडक्ट बिक्रीभन्दा पनि कम्पनीको प्रोमोशनहरुमा जोड दिएको छ ।

www.rojeko.com

यो नेपालमा आफ्नो अनलाइन बजार बिस्तार गरिरहेको सपिङ साइट हो । यसले धेरै किसिमका विभिन्न प्रडक्टहरु नेपाली उपभोत्ता र विदेशमा रहेका नेपालीहरुलाइ लक्षित गरेको छ । प्रडक्टहरुमा अफर र छुट दिएर सामान बिक्री गरिरहेको छ । इलेक्ट्रोनिक्स सामानदेखि लिएर घरायसी फेसवनेवल सामानहरु समेत यसमा राखिएको छ । पेपल, इसेवा, आइ पे आदिबाट यसको पेमेन्ट गर्न सकिन्छ भने क्यास अन डेलिभरी सर्भिस पनि प्रदान गरिरहेको छ ।

www.threadpaints.com

यो साइट टिर्सट र पेन्टको अनलाइन खरिदको लागि उपयुक्त रहेको छ । यसले अर्डर अनुसारको टिसर्ट प्रिन्ट गरेर पनि उपलब्ध गराउँदछ । पुलचोकमा इन्जिनियरिङ गरिरहेका विद्यार्थीहरुको समुहले १ वर्ष अघिबाट यो साइट सञ्चालनमा ल्याएका हुन्हो । अनलाइनबाट विश्वका विभिन्न ब्राण्ड र नेपालकै प्रडक्ट खरिदको लागि यो अनलाइन सपिङ साइट राम्रो रहेको छ ।

www.nepflights.com

नेपालमै आइटी अध्ययन गरेर केहि गर्ने सोच बनाएका युवाहरुको समुहले सुरु गरेको नयाँ अनलाइन टिकटिङको वेबसाइट हो नेपफ्लाइट डटकम । यसमा अनलाइनबाटै हवाइ टिकट खरिद गर्न सकिन्छ । कहाँबाट कहाँ जाने र कुन कुन टिकट कति रुपैँयामा उपलब्ध छ, यसको जानकारी वेबसाइटमा नै डिस्प्ले हुन्छ । टिकट फिक्स गरेर अनलाइन पेमेन्ट गेटवेहरुबाट पेमेन्ट गर्न सक्नुहुन्छ भने क्यास अन डेलिभरीको सुविधा पनि यस वेबसाइटले दिएको छ । अहिले डोमेस्टिक टिकटको काम गरिरहेको यसले अन्तराष्ट्रिय टिकटहरुको सुविधा पनि चाडै उपलब्ध गराउँदैछ ।

Courtesy : livingwithict.com