धादिङबेसीमा प्रथम धादिङ जिल्ला सरसरफाई सम्मेलन

979 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0311
DSC_0320
DSC_0332 DSC_0341 DSC_0404धादिङबेसी–धादिङ जिल्लालाई पूर्णखुल्ला दिशा मुक्त घोषणाका लागि आवश्यक पुर्वाधार निर्माणका लागि एकीकृत योजना तर्जुमा गर्न बुधवार देखि धादिङबेसीमा प्रथम धादिङ जिल्ला सरसरफाई सम्मेलन शुरु भएको छ ।
‘पूर्ण सरसफाई सबैको अभियान,समृद्ध धादिङको पहिचान’ भन्ने मुल नाराका साथ धादिङ जिल्ला सदरमुकाम धादिङबेसीमा सुरु भएको प्रथम धादिङ जिल्ला सरसरफाई सम्मेलनको धादिङ क्षेत्र नम्बर तीनका सभासद एवम पुर्व स्थानीय विकास मन्त्री राजेन्द्र पाण्डेले उदघाटन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी पाण्डेले पानसमा दिप प्रज्वलन पछि हात साबुन पानीले हात धोएर सम्मेलनको उदघाटन गर्नु भएको थियो ।
दुई दिन सम्म चल्ने सम्मेलनले धादिङ सरसफाई सम्मेलन २०७१ को घोषणा पत्र जारी गर्नेछ । खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति धादिङको आयोजनामा सुरु भएको सरसफाई सम्मेलनको उदघाटन कार्यक्रमको अध्यक्षता समन्वय समितिका अध्यक्ष एवम स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङले गर्नुभएको थियो ।
कार्यक्रमको उदघाटन समारोहलाई सभासद गुरुप्रसाद बुर्लाकोटी,परशुराम तामाङ,पुर्व विधायक रामनाथ अधिकारी,खानेपानी तथा ढल निकास विभाग क्षेत्रीय अनुगमन तथा सुपरिबेक्षण कार्यालय काठमाण्डौंका क्षेत्रीय निर्देशक मनोज घिमिरे लगायतले सरसफाईका बिषयमा आफ्नो धारणा राख्नु भएको थियो ।
सम्मेलनको अवसर पारेर खुल्ला दिशामुक्त घोषणा गरिएका जिल्लाका दश गाविस, एक नगरपालिकाका साथै खुल्ला दिशामुक्त घोषणाका लागि सहयोग गर्ने चारवटा सामाजिक संस्था र घोषणा गर्दा कार्यरत गाविस सचिव एवम नगरपालिकाका कार्यकारी अधिकृतलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानीत भएका गाविसहरुमा क्षेत्र नम्बर १ को बसेरी क्षेत्र नम्बर २ को ढोला,मैदी,खाल्टे,केवलपुर र हाल नीलकण्ठ नगरपालिका रहेको छ । त्यसैगरी क्षेत्र नम्बर ३ को महादेवस्थान,किराञ्चोक,वेनिघाट,धुषा र जोगिमारा गाविसलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी सभासद पाण्डेले गाविस र नगरपालिकालाई सम्मान पत्र र घोषणा गर्दाका गाविस सचिव र नगरपालिकाका कार्यकारी अधिकृतलाई प्रसंसा पत्र दिनु भएको थियो । सोही अवसर पारेर नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङ,शान्ति नेपाल, कोसोक नेपाल र सिर्डस धादिङलाई पनि सम्मान पत्र दिईएको थियो ।
सम्मेलनको पहिलो दिन जिल्लाको खानेपानी ,सरसफाई र स्वास्थ्यको वर्तमान अवस्था र सरसफाई प्रवद्र्धनका लागि चुनौति र सम्भावनाहरुका बिषयमा डिभिजन खानेपानी तथा सरसफाई कार्यालयका इन्जिनियर शिवेन्द्र झाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा सरसफाई गुरु योजना २०६८का बिषयमा भोजेन्द्र अर्याल र सरसफाई प्रतिष्ठा,प्रगति,प्रविधि र सामाजिक वजारीकरणका बिषयमा युनिसेफका वोधनारायण श्रेष्ठ र धादिङ जिल्लाको प्रस्तावित जिल्ला सरसफाई रणनीतिक योजनाको मुख्य अंशहरुका बिषयमा स्थानीय विकास अधिकारी तामाङले कार्यत्रप प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्थित राजनैतिक दल, महिला समुहका प्रतिनिधि गाविस सचिवहरु, नगरपालिकाका प्रतिनिधि,गैससकर्मी, पत्रकार, उद्योगी व्यवसायीका साथै जिल्ला स्थित सरोकारवाला कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्तिथी रहेको थियो ।