बहिरा बिद्यालयका बिद्यार्थीलाई स्विटर र टोपी

792 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

???????????????????????????????धादिङ, १० पुस – बहिरा बिद्यालयमा अध्ययनरत वालवालिकालाई चिसोबाट बचाउन धादिङका युवाहरुले न्यानो कपडा बितरण गरेका छन ।
धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा रहेको स्वाभिमान प्राथमिक बिद्यालयमा अध्ययनरत ६० जना वालवालिकालाई हेल्पिङ ह््याण्ड्स फाउण्डेशन धादिङको न्यानो माया कार्यक्रम अन्र्तगत विहीवार स्विटर,टोपी र खाद्यान्न सामाग्री बितरण गरिएको छ ।
फाउण्डेशनका सुमन परियार, विकास श्रेष्ठ लगायतको पहलमा ६० जना बहिरा बिद्यार्थीलाई बिहीवार बिद्यालयमा गएर एक एक वटा स्विटर, टोपी र खाद्यान्न सामाग्री बितरण गरिएको हो ।
स्वाभिमान प्राथमिक बिद्यालयमा धादिङ जिल्लाका विभिन्न स्थानका वहिरा वालवालिका अध्ययनरत छन । बिद्यालयले ति वालवालिकालाई आवासीय सुविधा सहित पठन पाठनको व्यवस्था गर्दै आईरहेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोईरालाले वताउनु भयो ।
विभिन्न संस्थाको सहयोगमा वालवालिकालाई पठन पाठ्न तथा लत्ता कपडा र खानेकुराको जोहो गर्दै बिद्यालय संचालन गर्नु परेको पनि कोईरालाले जानकारी दिनु भयो ।