धादिङमा बहुविवाहको घट्ना बढ्दै

525 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bahubibaahधादिङ- धादिङ जिल्लामा बहुविवाहको घट्ना बढीरहेको छ । पछिल्ला एक बर्षमा झन्डै दुई दर्जन भन्दा बढी मुद्वाहरु अदालतमा रहेको र कत्तिको मिलापत्र गरेर पठाएको प्रहरी महिला सेलले जानकारी दिएको छ । सामाजिक सञ्जालहरुको दुरुपयोग र परिवारमा बेमेलको कारणले बहुविवाहको घट्ना बढीरहेको छ । आधुनिक जमाना र त्यससँग जोडिएको ईमेल ईन्टरनेट, फेसबुक, फोनको दुरुपयोगको कारणले पनि बहुविवाहको घट्नाहरु बढीरहेको सरोकार निकायले बताएको छ । जिवनभर सँगै मर्ने, र सँगै बाँच्ने कसम खाएकाहरु बीच नै बेमेल हुँदा श्रीमान् श्रीमतीको सम्बन्धमा छिनभरमै चकनाचुर हुन्छ । बहुविवाहको समस्या सबैभन्दा बढी प्रेम विवाह हुनेहरु बीच हुने गरेको जिल्ला अदालत धादिङले जनाएको छ । केटा–केटी बीच चिनजानबाटै विवाह गर्ने र केहि सानो समस्या आईपर्दा सम्बन्ध टुट्ने गरेको छ । श्रीमान बैदेशिक रोजगारी जाने र आउँदा के श्रीमती अकैँ सँग जाने वा केटा विदेशबाट फर्केपछी अर्कै श्रीमती ल्याउने गरेको कारणपनि बहुविवाहको घट्ना बढीरहेको अधिबक्ता टंक कुमार श्रेष्ठले बताउनु भयो । केटाले अर्को श्रीमती ल्याउदा उसलाई बहुविवाहको मुद्वा लाग्ने र केटीले कुनै अर्को केटा सँग जादा उसलाई बहुविवाहको मुद्वा नलाग्ने भएको कारणलेपनि बहुविवाहको घट्ना बढीरहेको छ ।