पिङ्कीकलीलाई हात्ती सुन्दरीको उपाधि
673 पटक पढिएको
सौराहा, –पिङ्कीकलीले हात्ती सुन्दरी उपाधि जितेको छ । सोमबार भएको फाइनल प्रतियोगितामा ११ वर्षको पिंकीकलीले उपाधि जितेको हो । त्यस्तै, पुष्पाकली दोस्रो र प्रकृतिकली तेस्रो भए । यसैगरी सोमबार नै भएको हात्ती दौडको दोस्रो सेमिफाइनलबाट थप ३ वटा हात्ती फाइनलमा पुगेको छ ओएस नेपाल अनलाईनले खबर लेखेको छ ।
बुबो ट्राभल्सको पिंकीकली, आउट साइड एड्भेन्चरको लक्ष्मीकली र होटल ल्याण्डमार्कको लक्ष्मीकली फाइनलमा प्रवेश गरेका नतिजा प्रकाशन उपसमितिका संयोजक ऋषि तिवारीले बताए ।
आज मंगलबार ६ वटा हात्तीबीच उपाधिका लागि भिडन्त हुनेछ । छावा फुटबलमा टान नेपाल तेस्रो भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा सिजी फुड्सलाई टानले ३÷१ ले पराजित गरेको हो ।
त्यसैगरी महोत्सवअन्तर्गत टाँगा दौड प्रतियोगितामा पारदर्शी दैनिक पहिलो, शुभलक्ष्मी मेडिकल हल दोस्रो र विजय एफएम तेस्रो भएको छ ।
यसैगरी गाडा दौड प्रतियोगितामा अजय मोटरसाइकल पहिलो, होटल किङ फिसर पोखरा दोस्रो र सत्यसाई अफसेट प्रेस तेस्रो भएको आयोजक क्षेत्रीय होटल संघ चितवनका कार्यालय सचिव मनोज सुनारले जानकारी दिए ।