अभियुक्त थापाले भने,‘बल्ल आनन्द भो’

725 पटक पढिएको

२१ पुष २०७१, सोमबार ०७:४० सम्पादक: धादिङ न्यूज

सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्याका मुख्य योजनाकार बाबु थापा भनिने मेघबहादुर थापाले आफूलाई प्रहरीले पक्राउ गरेपछि आनन्द लागेको बताएका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई थापाले दिएको बयानमा यस्तो छ,‘पहिला प्रतिशोधले हत्या गरियो,घटनापछि न राम्ररी खाना रुच्थ्यो,खाली त्यही घटना झल्झली आउँथ्यो । धेरै दिन मनमनै टड्पिएँ,प्रहरीले समात्यो अब आनन्द भो ।’

babu thapaa२०६९ जेठ १८ मा बिहान ११ बजे ललितपुर शंखमुलस्थित यूएनपार्क नजिकै बममाथि गोली प्रहार गरी हत्या गरेको अढाइ महिनापछि पक्राउ परेका थापा सामान्य केरकारपछि छुटेका थिए । प्रहरीले घटनामा प्रयोग भएको पेस्तोलबारे नख्खु कारागारमा रहेका मिलन भनिने ज्ञानु लामासँग सोधपुछ गर्दा लामाले उक्त हतियार थापाले दिएको बयान दिएका थिए । ललितपुर प्रहरीले पुनः थापालाई पक्राउ गरेर हतियारबारे सोधपुछ गर्दा उनले अस्वीकार गरेका थिए । त्इसपछि सार्वजनिक मुद्दामा थापा मुक्त भएका थिए,आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

 –