डाक्टरले अपमान गरेको भन्दै गोरखाका पत्रकारको आपत्ति

735 पटक पढिएको

२१ पुष २०७१, सोमबार २०:३२ सम्पादक: धादिङ न्यूज

गोरखा–गोरखा अस्पतालको सेवा सुधारका लागि आयोजनामा भएको छलफलमा एक डाक्टरले नै समाचार लेखेको भन्दै पत्रकारहरुलाई गालीगलौज गरे पछि छलफलमा सहभागी सबै कार्यक्रम छाडेर हिडेपछि समस्या उत्पन्न भएको छ ।
gorkhaa aaspaatlगोरखा जिल्ला अस्पताल लाई सरकारले स्तरवृिद्ध गरेर १५ शैयाबाट ५० शैया त बनाएता पनि सेवाको स्तर खस्कदै गएको विषयमा समाधान खोज्न आयोजना भएको राजनितिक दल सहितको सर्वपक्षीय छलफलमा अस्पतालका सर्जन डा.नारद थपलियाले अस्पतालको सकरात्मक समाचार मात्र लेख्नु पर्ने बताउंदै नकरात्मक समाचार लेख्नेहरुले पित पत्रकारीता गरिरहेको आरोप लगाउंदै पत्रकारहरु माथी गालीगलौज नै गरे पछि समाचार संकलनका लागि पुगेका सबै पत्रकारहरुले आरोप लगाएको शब्द डा.थपलियाले फिर्ता लनुपर्ने माग गर्दै छलफल छाडेर निस्किए पछि छलफल नै विना निष्र्कष सकिएको थियो । गोरखा अस्पतालका डा.नारद थपलियाको अभिव्यक्ति प्रति नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष भीमलाल श्रेष्ठले विज्ञप्ती निकालेर आपत्ति जनाएका छन । त्यस्तै सोमवार गोरखा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा.सुधा देवकोटाले पनि विज्ञप्ती निकालेर आफूहरुले आयोजना गरेको छलफल कार्यक्रममा पत्रकारहरु प्रति भएको अपमानको विषयमा क्षमा माग्नुभएको छ । गोरखा जिल्ला अस्पतालमा ५६ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा विशेषज्ञ डाक्टर सहित २० जनाको दरबन्दी रिक्त रहेको छ । विगतमा हुने गरेको सामान्य प्रकारको शल्यक्रिया समेत गोरखा अस्पतालमा नहुदा बिरामीहरु काठमाण्डौं र भरतपुर लगायतका स्थानहरुमा जान बाध्य छन ।