बन्ध्याकरण शिविरमा एकजना पनि पुरुष आएनन्

502 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

महोत्तरी- महोत्तरीको जलेश्वर अस्पताल स्थित एमसिएच भवनमा जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीद्वारा सञ्चालित महिला तथा पुरुषको बन्ध्याकरण शिविरमा बन्ध्याकरण गराउन आएका महिलाहरु सिटको व्यवस्था नभईदिदा भवन वाहिर नै बस्न बाध्य भएका छन् । सदरमुकाम वाहिर शिविर सन्चालन गरिदा समेत विरामीहरुलाई चिसोहावा र ईन्फेक्सनबाट बचाउन सुरक्षित स्थानको व्यवस्था गरिएको हुने भएपनि अस्पताल परिसरमै बिरामीलाई सिटको कुनै व्यवस्था नगरिएको हो । यसरी राख्नु कतिको उचित हो त ? भन्ने प्रश्नको जवाफमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राम परिक्षण यादव भने–हामीले कसैलाई कर गरेर वाहिर राखेका होईनौ विरामीको लागी पुरै अस्पतालनै खाली छ । ईन्फेक्सन नहोस भनेर हामीले एन्टिवायोटिकको व्यवस्था समेत गरेका छौ र आवश्यक्ता अनुसार अस्पताल भित्रै पनि विरामीलाई राखिएकै छ । परिवार नियोजन शिविरका एक अधिकारी विजय कुमार यादवका अनुसार पौष १५ गते देखि सन्चालनमा रहेको शिविरमा हाल सम्म करिब ५ सय जना महिलाले बन्ध्याकरण गराईसकेका छन् । तर, समाजमा पुरुष प्रधानको मान्यता अझै कायमै रहेको र पुरुषले बन्ध्याकरण गराउदा यौन शक्ति कम हुने मानिसकता रहेकोले पुरुष भने अहिलेसम्म एक जनापनि नआएको उनले बताए । गत वर्ष करिब १ हजार महिलाले बन्ध्याकरण गराइएकोमा यसवर्ष दोब्बर बन्ध्याकरण गर्ने लक्ष्य राखिएको छ ।