तोर्लाङका चेपाङलाई खानेपानी
577 पटक पढिएको
महादेवस्थान– बर्षौदेखी खानेपानीको चरम समस्या झेल्दै आएका धादिङ महादेवस्थान गाउँ विकास समिति वडा नम्बर ५ तोर्लाङका चेपाङले सहज रुपमा खानेपानी सुविधा पाएका छन् । लामो समयदेखी खानेपानीको समस्या झेल्दै आएका चेपाङ परिवारको घरघरमा धारा निर्माण भएपछी उनीहरु निकै खुसि भएका छन् । विभिन्न निकायसँग खानेपानीको हारगुहार गर्दा पनि समस्या समाधान नहँुदा निराश भएका चेपाङ समुदाय अहिले गाउँमा खानेपानी पाएपछी निकै खुसि भएका छन् । एक गाग्री पानी लिनको लागि पनि एक विहान विताउनु पर्ने समस्या टरेको छ । । शान्ती नेपालको ४५ हजार, ग्रेप नेपालको ३० हजार र स्थानिय जनश्रमदान गरि जम्मा ७५ हजारको लागतमा गाउँमा खानेपानी योजनाको निर्माण गरीएको हो । खानेपानी योजना सम्पन्न भएपछि २८ घर चेपाङ समुदाय प्रतक्ष्य लाभान्वित भएका छन् ।