हराउँदै नेपाली मौलिकता वोकेको डण्डिवियो

1753 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dandi-biyo-khel-finalधादिङ- केही दशक अघि सम्म गाउंघरमा निकै लोकप्रिय रहेको डण्डिवियो खेल लोप हुने अवस्थामा पुगेको छ । राष्ट्रिय खेलको मान्यता पाएपनि डण्डिवियोको संरक्षणमा सरकारी पक्ष र अन्य सरोकारवालाहरु मौन रहेका कारण नेपाली मौलिकता वोकेको डण्डिवियो लोप हुने अवस्थामा पुगेको हो । गाउं गाउंमा आधुनिक खेलहरुको प्रवेश हुन थालेपछि डण्डिवियोले स्थान पाउन छाडेको हो । केही बर्ष अघि सम्म माघे संक्रान्तिका दिन गाउंघरका खुल्ला चौर र वारीका पाटाहरुमा मनोरञ्जनका लागि डण्डिवियो प्रतियोगिताको आयोजना समेत हुने गर्दथ्यो ।

समय परिवर्तनसँगसँगै खेलहरुको विकास हुँदै गएपछि गाँउघरमा खेलिने परम्परागत खेलहरु हराउँदै गएका छन् ।
गाउँ घरमा खेलिने खेलहरुको छुटटै महत्व रहे पनि ति खेलहरु हराउँदै गएका छन् । संचारको विकास सँगसँगै बालबालिकाहरु कम्प्युटर गेम तिर आकर्षित भए पछि पनि पुराना खेलहरुले  मान्यता पाउन छाडेको हो । कतिपय अभिभावकहरु आफना नानीहरुलाई त्यस्ता खेलहरु खेल्नको साटो कम्प्युटरमा गेम खेल्न उत्साहित गर्ने गर्छन । तर ति अभिभावकलाई कम्प्युटर गेम भन्दा परम्परागत खेलहरु निकै उपयोगि भएको थाहै छैन । उनीहरु त त्यस्ता खेलहरु खेल्दा नानीहरु व्रिगन्छन् भनेर खेल भन्दा टिभी, कम्प्युटरतर्फ नानीहरुलाई भुलाउँछन् । तर टिभी हेर्ने नानीहरुले राम्रा सँगसँगै धेरै नराम्रा कुराहरु पनि सिक्ने र टिभीमा देखाएजस्तै गर्न खोज्दै धेरै दुर्घटना पनि हुने गरेको छ ।

       उसु, कराते, क्रिकेटजस्ता खेलहरु लोकप्रीय हुँदै गएपछि गाँउघरमा खेलिने डण्डिवियो, खेल हराउँदै गएका हुन् । गाउँघरमा घाँस दाउरा तथा गोठालो जाँदा पहिले पहिले खेलिने डण्डिवियो आजभोलि खेल्न छाडेका छन् । काठकै भए पनि ब्याट र झुम्राकै भए पनि गोल बनाएर क्रिकेट तथा फुटवलहरु खेल्न थालेपछि परम्परागत खेलहरु हराउँदै गएको छ ।
मौलिक संस्कृतिका लागि भए पनि अरु खेलसँग सँगै परम्परागत खेलहरुको जर्गेना गर्नु आवश्यक छ ।  यस्ता खेलको संरक्षण नगर्ने हो भने भोलिका पुस्ताले यी खेलहरुबारे बुझन समेत पाउँदैनन् । आफनो मौलिक संस्कृति जोगाउन सम्बन्धित क्षेत्रले चासो देखाउनु पर्छ ।