खाल्टेको फ्याक्सेमा गोरु जुधाउने मेला सम्पन्न

916 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नयन केसी
खाल्टे–आन्तरिक  पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले धादिङको खाल्टे गाविसको फ्याक्सेमा पहिलो पटक गोरु जुधाउने मेला सम्पन्न भएको छ । माघे संक्रान्तिको अवसर पारेर गाउंघरमा हुने गरेको गोरु जुधाउने कार्यलाई व्यवस्थित वनाई आन्तरिक पर्यटकको आकर्षण बढाउन र खाल्टे गाविसको पर्यटकीय महत्वका बिषयमा प्रचार प्रसार गर्न पहिलो पटक व्यवस्थित रुपमा फ्याक्सेमा गोरु जुधाउने मेला लागेको हो ।
10937522_10204690925746273_254314478_n copyचमेरे गुफा संरक्षण समाज खाल्टेको आयोजनामा भएको मेलामा १० हल गोरु भिडेका थिए । प्रतियोगितामा खाल्टे २ का रामवहादुर श्रेष्ठको गोरुले यस पटकको प्रतियोगिताको उपाधी जितेको छ । श्रेष्ठको गोरुले नविन अवस्थिको गोरुलाई हराएको थियो ।
चमेरे गुफा संरक्षण समाजका अध्यक्ष एवम गोरु जुधाई मेला आयोजक समितिका संयोजक सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी खाल्टे गाविसका सचिव विरवहादुर दुवाडी रहनु भएको थियो । कार्यक्रममा स्थानीय १० जना जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो ।पहिलो पटक आयोजना गरिएको भएपनि मेला हेर्नेदर्शकको वाक्लोउपस्थिती रहेको थियो । खाल्टे गाविस भित्र रहेका पर्यटकीय क्षेत्रहरुको पहिचानका लागि आगामी दिनहरुमा पनि पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु संचालन गरिने आयोजक संस्थाले जनाएको छ ।

यसै गरी धादिङको  दार्खा ,मैदी, ढोला, खरी  लगायत विभिन्न स्थानमा गोरु जुधाई  सम्पन्न भएको छ । मैदी गाविसको कोटमा भएको गोरु जुधाई प्रतियोगितामा राम श्रेष्ठको गोरु पहिलो भएको छ । प्रतियोगितामा सुजन श्रेष्ठको गोरु दोश्रो र एक नारायण श्रेष्ठको गोरु तेश्रो भएका छन् ।स्थानीय खड्कदेवी समाजको आयोजनामा भएको प्रतियोगितामा विजयी हुने गोरुका धनीहरुलाई क्रमश २ हजार, १५ सय र एक हजार नगद पुरस्कार दिइएको छ ।