नेपाल अहिले नेदरल्याण्डसँग भिड्दै

583 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग ‘डिभिजन टू’अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अहिले बलियो प्रतिद्वन्द्वी नेदरल्याण्ड्सको सामना गरिरहेको छ ।
विन्ड्होक मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेदरल्याण्ड्सले ३७ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर ९५ रन जोडेको छ ।
नेपालका लागि कप्तान पारस खड्काले २ तथा सोमपाल कामीले १ विकेट लिए । १ विकेट भने रन आउटको रुपमा प्राप्त भएको थियो ।
सुरुमा निकै राम्रो लयमा देखिएका स्टेफन मायब्रुह १४ रनको ब्यक्तिगत स्कोरमा घाइते भएर मैदान बाहिरिएका थिए ।
गत वर्ष न्यूजिल्याण्डमा भएको विश्वकप छनोटमा खराब प्रदर्शन गर्दै एकदिवसीय मान्यता गुमाएको नेदरल्याण्ड्सलाई जारी प्रतियोगिताको सबैभन्दा बलियो टोली मानिएको छ ।
नेदरल्याण्ड्स केही महिनाअघि बंगलादेशमा भएको ट्वान्टी–ट्वान्टी विश्वकपको दोस्रो चरणमा पुग्ने एकमात्र एसोसिएट टोलीसमेत हो । नेदरल्याण्डले विश्वकपमा इंग्ल्याण्डलाई पराजित गरेर सनसनी मच्चाएको थियो ।
आक्रामक ब्याटिङ नेदरल्याण्ड्सको पहिचान हो । यता नेपाली टोली पहिलो खेलमा सहज प्रतिद्वन्द्वीसँग पराजित भएपछि गर या मरको अवस्थामा मैदान उत्रिएको छ ।