सिभिकको नाफा ९० लाख, पुँजी साढे सात करोड पुर्‍याइने

543 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

civic newsधादिङबेसी- सिभिक डेभपलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा ९० लाख ३० हजार रुपैयाँ संचालन नाफा गरेको छ। वर्षको पहिलो त्रैमासिक अवधिमा दुईलाख ६३ हजार रुपैयाँमात्रै नाफा गरेको बैंकले दोस्रो त्रैमासमा उल्लेख्य रुपमा नाफा बढाएको हो।

बैंकले पुस मसान्तसम्मको अवधिमा ४४ करोड नौ लाख निक्षेप संकलन गरी ३७ करोड ३८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।

यस्तै बैंकले लघुवित्त स्वरोजगारका लागि, स्वरोजगार गरिबी निवारणका लागि भन्ने नाराका साथ लघुवित्त कार्यक्रम मार्फत एकहजार पाँचसय भन्दा धेरै ग्रामीण महिलालाई विना धितो कर्जा प्रवाह गरेको जनाएको छ।

२०६६ सालमा स्थापित बैंकले धादिङको सदरमुकाम धादिङबेसीकोबीच बजारमा केन्द्रीय कार्यालय र बैरनी तथा आरुघाटमा शाखा कार्यालय संचालन गरिरहेको छ। यस्तै सल्यानटार, आदमघाट र धादिङबेसीको पुच्छार बजारमा एक्सटेन्सन् काउण्टर संचालनमा ल्याइएको पनि बैंकले जनाएकोछ। बैरेनी गाविसको गल्छीमा र धादिङबेसीको सिरानबजारमा सीमित बैंकिङ इकाईसमेत संचालनमा आईसकेको बैंकले जानकारी दिएको छ।

जिल्लाकै सांधभन्ज्याङ, टोडके, खहरे, बैरेनी, गल्छी, आदमघाट, सल्यानटार, धादिङबेसी र मलेखुमा लघुवित्त कार्यक्रम संचालन गरेको छ।

चुक्ता पुँजी पाँच करोड रुपैयाँ रहेको बैंकको पुस १९ गते बसेको साधारणसभाले २:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। यो सेयर जारी पछि बैंकको चुक्ता पुँजी सात करोड रुपैयाँ पुग्नेछ।