मुखको दुर्गन्धका कारण र हटाउने उपाय

770 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

mouth-smellमुख गन्हाउनु केवल व्यक्तिगत स्वास्थ्य समस्या मात्र होइन । मुखबाट दुर्गन्ध आउने मानिसलाई अरुले गर्ने व्यवहारका कारण उत्पन्न हुने मनोवैज्ञानिक पीडा निकै दुखदायी हुन्छ । किनकी मुखबाट दुर्गन्ध आउने मानिससँग अरु मानिस नजिकिन चाहन्नन् र सधै टाढै रहन खोज्ने होनाले त्यस्तो मानिसको सामाजिक सम्बन्ध समेत कमजोर बन्दछ ।

आफ्नो मुखबाट दुर्गन्ध आएको कुरा आफैले गन्ध सुँघेर महसुस गर्न त सकिन्छ नै आफुसँग नजिक भएको वा कुराकानी गरेको बेलामा कसैले अनुहार बिगार्यो वा टाउको फर्कायो भने पनि बुझ्नुपर्छ की आफ्नो स्वास गन्हाइरहेको छ ।

वास्तवमा मुखबाट दुर्गन्ध आउनु कुनै ठूलो रोग होइन, सामान्य समस्या हो । सयमा ९५ जना मानिसले आफ्नो जिवनकालमा कुनै न कुनै समयमा मुखबाट दुर्गन्ध आउने समस्या भोगेकै हुन्छन् । मुखबाट दुर्गन्ध आउनु वा स्वास गन्हाउनुका कारण यी हुन्-

१. खानपान- लसुन, प्याज तथा मूलाजस्ता तरकारीहरु खान त मज्जा हुन्छ र खाइसकेपछि त्यसको तिखो गन्धले भने छाड्दैन । यद्यपि मुखबाट मात्र आउने लसुन , प्याज, मुला आदिको यस्तो गन्ध क्षणिक हुन्छ । मुखबाट दुर्गन्ध आउने दीर्घकालीन समस्याको मुख्य कारण भनेको पाचन क्रियाको गडबडी नै हो । जब पेटमा राम्ररी खाना पच्दैन तब पेटमा भएका विभिन्न खाले जिवाणु हरुले खानालाई टुक्राउँदछन् । त्यसबाट उत्पन्न हुने ग्यास पेटबाट अन्ननली हुँदै मुख वा नाकबाट बाहिर निस्किन्छ । पाचन क्रियाको गडबडीले निस्कने यस्तो स्वास दुर्गन्धयुक्त हुन्छ ।

२. डाइटिङ- मोटोपना घटाउनका लागि के तपाइँले खानामा कार्बोहाइड्रेट निकै घटाइरहनुभएको वा खानेकुराको मात्रा नै घटाइरहनु भएको त छैन ? यदि त्यसो गरिरहनुभएको छ भने तपाइँको मुखबाट दुर्गन्ध आउने खतरा बढि हुन्छ । डाइटिङ गर्ने वा खानामा कार्बोहाइड्रेटको मात्रा निकै घटाउँदा सरीरमा कार्बोहाइड्रेट अपुग हुन्छ । यसो हुँदा सरीरका दैनिक क्रियाकलापका लागि आवश्यक उर्जा निकाल्नका लागि कलेजोले जिउको बोसोलाई गाल्ने काम गर्छ, जसलाई किटोसिस भनिन्छ । यो प्रक्रियामा सरीरको बोसो निकै घट्न थाल्छ र सरीरमा कार्बोहाइड्रेट र प्रोटिनको मात्रा समेत कम हुँदै जान्छ । विज्ञहरुका अनुसार सरीरमा आवश्यकता भन्दा कम बोसो भयो भने मुखबाट दुर्गन्ध आउन थाल्छ । लामो समयसम्म भोकै रहेको बेला, विहान अबेरमात्र खाना खाएको समयमा वा व्रत बसेको समयमा प्रायः मानिसको स्वास गन्हाउने कारण यहीँ हो ।

३. लापरवाही- मुखबाट दुर्गन्ध आउनेमध्ये ९० प्रतिशतमा यो समस्या देखिनुको कारण उनीहरुको लापरवाही नै हो । मानिसको मुखमा विभिन्न २ सय प्रकारका ब्याक्टेरिया पाइन्छन् । यी जिवाणुहरु दाँत, जिब्रो तथा मुखका अन्य भागमा पाइन्छ । यदि मुखको स्वास्थ्यमा ख्याल गरिएन, नियमित रुपमा दाँत माझ्ने, मुख सफा गर्ने, खाना खाइसकेपछि कुल्ला गर्ने गरिएन भनि ती जिवाणुले मुखमा जम्मा हुने फोहोरलाई कुहाउने र त्यसबाट दुर्गन्ध निस्किने जोखिम हुन्छ । दाँत किराले खानु, घाँटीको इन्फेक्सन तथा पिनास लगायतका स्वास्थ्य समस्याका कारण समेत मुखबाट दुर्गन्ध निस्किने गर्छ ।

४. मुखमा सुख्खापन- के तपाइँको मुखमा सुख्खापन महसुस हुन्छ ? कामको धपेडी, लामो समयसम्म पानी नपिउनु, डराएको वा आत्तिएको अवस्था वा चर्को घाममा लामो समय हिँडडुल गर्दा मुख सुक्नु सामान्य हो । धुम्रपान, मदिरापान तथा धुवाँजन्य वातावरणमा लामो समय बस्दा समेत मुख सुख्खा हुन्छ । मुख सुख्खा हुनु भनेको मुखको ग्रन्थीले र्याल उत्पादन पर्याप्त नगर्नु हो । मुख सुख्खा हुनाले समेत मुखबाट दुर्गन्ध निस्किन्छ ।

मुख गन्हाउने समस्याबाट कसरी बँच्ने ?
· बिहान तथा बेलुकी गरि दिनको दुइ पटक राम्रोसँग दाँत माझ्ने । बेलुकीको खानामा सकेसम्म प्याज, लसुन, माछा, मासु जस्ता खानेकुराहरु क्म खाने ।
· पर्याप्त पानी पिउने । दिनमा कम्तिमा पनि १० गिलास पानी पिउनु अत्यावश्यक हुन्छ ।
· बिहान लामो समयसम्म भोकै नबस्ने । पौष्टिक खाजा खाने ।
· मुखबाट बढि नै गन्ध आउँछ भने तुलसीको पात चपाएर रस निल्ने ।
· भोजनपछि आधा चम्चा सोँफ चपाउनु राम्रो हुन्छ । यसले दुर्गन्ध हटाउनुका साथै पाचन क्रियालाई समेत सुधार्छ । सुगर पि|m चुइंगम चपाउनु पनि मुखको दुर्गन्ध क मगर्ने अर्को सजिलो उपाय हुनसक्छ ।
· मुखबाट दुर्गन्ध आउने समस्या बढि नै हुनथाल्यो भने दन्तचिकित्सक सँग चेकजाँच गराउनु उपयुक्त हुन्छ ।