फेसबुक अकाउन्टलाई सुरक्षित राख्ने एक दर्जन उपयोगी टिप्स 

779 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 facebook-new-image-300x204फेसबुकको लोकप्रियता दिनानुदिन बढ्दै छ । सामान्यतया युवा र किशोर–किशोरीहरुमा फेसबुक प्रयोग नगर्ने मानिस भेट्नु असम्भवप्राय बन्दै गएको छ । फेसबुकको प्रयोग जति बढ्दै छ, यसका कारण समस्या भोग्नेहरु पनि प्रसस्तै बढेका छन् ।   सामान्य साबधानि नअपनाउन फेसबुककै कारण ज्यान गुमाउनु परेका घटनाहरु पनि बारम्बर सुन्नमा आउँछन् । त्यसैले हामीले यहाँ फेसबुक प्रयोगकर्ताहरुका लागि अति नै उपयोगी १ दर्जन टिप्स दिएका छौं ।   १. फेसबुकमा कुनै पनि पोष्ट शेयर गर्नुअघि सेटिङमा गएर यो पोस्ट क–कसलाई देखाउन चाहनुहुन्छ, त्यो कुरा तय गर्नुस् । व्यक्ति नै छानेर पनि तपाईंले पोस्टलाई कन्ट्रोल गर्न सक्नु हुन्छ । यसका अलावा पब्लिक, फ्रेण्ड्स र आफूमात्रै हेर्न मिल्ने अप्सन पनि हुन्छ । पोस्टको शेयरिङ सामान्यतया साथीहरुमा मात्र सिमित राख्नु राम्रो अप्सन हो ।   २) तपाईंले फेसबुक चलाउँदै गर्दा कुनै अनावश्यक विज्ञापन देख्नु भयो भने तुरुन्तै सेटिङ चेक गर्नुहोस् । चाहनुभयो भने कुनै पनि विज्ञापनलाई हमेशाका लागि ब्लक गर्न पनि सक्नु हुन्छ ।   ३) यदि तपाईं कुनै साथीसँग हमेशाका लागि छुट्टिनुभयो, खासगरी तपाईंको गर्लफ्रेण्ड वा बोइफ्रेण्डसँग ब्रेकअप भयो भने उसलाई तुरुन्त ब्लक गरिदिनुस् । किनकी कतिपय समयमा ब्रिगिएका सम्बन्धहरु समस्याका कारण बन्न सक्छन् ।   ४) अनावश्यक एप, गेम, ग्रुप र पेजलाई लाईक वा फलो नगर्नुस् । खासगरी फेसबुकमा तपाईंको भविश्य वा अन्य केही महत्वपूर्ण कुराबारे जानकारी दिने भनेर तयार भएका एपहरुलाई प्रयोग गर्नुअघि त्यसले तपाईंको प्रोफाइल भित्र छिर्नका लागि अनुमति माग्छ, तपाईंले अलो खिचेपछि त्यसले तपाईंका महत्वपूर्ण जानकारीहरु ह्यक गर्ने खतरा बढ्छ ।   ५) तपाईंको फ्रेण्ड लिस्ट साह्रै लामो छ भने फुर्सद मिलाएर त्यसलाई विभिन्न ग्रुपमा बाँढ्नुस् । जस्तो कि फ्रेण्ड्स, रिलेटिभ्स, फेमिलि यसरी ग्रुपमा विभाजन गर्दा तपाईंका पोस्टहरुलाई कुन ग्रुपलाई देखाउने र कुनलाई नदेखाउने भन्ने कुराको कन्ट्रोल गर्न सहज हुन्छ ।   ६) के तपाईंलाई थाहा छ ? फेसबुकको मेसेज बक्समा एउटा लुकेको इनबक्स पनि हुन्छ । मेसेजमा गएर माथि हेर्नुस्, त्यहाँ इनबक्ससँगै अदर भन्ने एउटा अप्सन पनि हुन्छ । यो यस्ता मेसेजहरुका लागि हो, जहाँ तपाईंले नचिनेका मानिसहरुले पठाएको मेसेज बसेको हुन्छ । जुनकुराको कन्ट्रोल स्वयम् फेसबुकले नै गर्छ । यहाँ तपाईंले कसको मेसेज मेन इनबक्समा देख्न चाहनुहुन्छ, र कसको अदरमा भन्ने कुरा आफैं तय गर्न पनि सक्नु हुन्छ ।   ७) यदि तपाईंले साईबर वा कुनै साथीकोमा फेसबुक साइन इन गर्नुभयो भने लगआउटका साथ–साथै ब्राउजर हिस्ट्री डिलिट गर्न पनि नभुल्नुस् ।   ८) फेसबुकको पासवर्ड समय–समयमा परिवर्तन गरिरहनुस् । पासवर्डमा स्पेशल क्यारेक्टर र नम्बरको पनि प्रयोग गर्नु उचित हुन्छ ।   ९) यदि स्मार्ट फोनमा फेसबुक चलाउनु हुन्छ भने कुनै पनि एप भन्दा ब्राउजरको प्रयोग गर्नुस् ।   १०) पासवर्ड रिमेम्बर अप्सनलाई सधैँ इग्नोर गर्ने बानि बसाल्नुस् ।   ११) नचिनेका मानिसहरुलाई फेसबुकमा साथी नबनाउनुस् ।   १२) फेसबुकमा अनावश्यक ट्याट र आफ्नो प्रोफाइलमा अरुले लेख्न नमिल्ने बनाउनुस् । फोटो एल्बम र फ्रेण्ड लिस्टलाई पनि लुकाउनु उपयोगी हुन्छ ।