शिविरमा पाँच सय भन्दा बढीको स्वास्थ्य जाँच

755 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

helth
धादिङ– त्रिपुरेश्वर गाउँ विकास समितिमा शुक्रबारदेखी सन्चालन भएको स्वास्थ्य शिविरमा ५ सय ५४ जनाको निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरीएको छ । स्थानीयहरुलाई गाउँघरमै सेवा सुविधा दिने उद्देश्यले सन्चालन गरिएको शिविरमा विभिन्न रोगको उपचार गरीएको धु्रर्व पाण्डेले जानकारी दिनुभयो । । वि.पि. मेमोरियल हेल्थ फाउण्डेशन काठमाण्डौं, विपि चिन्तन प्रतिष्ठान काठमाण्डौंको आयोजना र नेत्रावती सामुदायिक बहुमुखी क्याम्पसको व्यवस्थापनमा शिविर संचालन गरिएको हो । शिविरको लागि पेनिसिया हर्वल कम्पनी प्राली र ग्लोवल मेडिकल फाउण्डेशनले विशेष सहयोग गरेको आयोजकहरुले जानकारी दिएको छ । शिवरमा विर अस्पताल काठमाण्डौंका शुशिल शाक्य र स्त्री रोग विशेषज्ञ देवी गुरुले स्वास्थ्य जाँच गराउनु भएको थियो । शिविरमा छाला रोग, स्त्री रोग, नाक कान घाटीका विरामीहरुको निशुल्क स्वास्थ्य जाँच गराएको थियो । शिविरको नेपाली काँग्रेसका नेता तथा वन मन्त्री महेश आचार्यले उद्घाटन गर्नुभएको थियो । आफ्नै घर आँगनमा आएर सेवा दिएकोमा स्थानीयहरु खुसि भएका छन् ।