जवाङ स्थित ढुंगाखानीमा दुई स्काभेटर र एक जेनेरेटरमा आगजनी

779 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_4166धादिङ,१८ माघ – सिमेण्ट निर्माणका लागि चाहिने ढुंगा उत्खनन गर्न धादिङको जवाङ स्थित जंगल भित्र रहेको ढुंगा खानीमा संचालनमा रहेको २ वटा स्काभेटर र एउटा जेनेरेटरमा शनिवार राती अज्ञात समुहले आगजनी गरिदिएको छ । नवलपरासी जिल्लामा रहेको शिवम सिमेण्ट उद्योगको धादिङको जोगिमारा गाविसको जवाङ स्थित ढुंगाखानीमा अज्ञात समुहले शनिवार राती आगजनी गरेर दुईवटा स्काभेटर र एउटा जेनेरेटरमा क्षती पु¥याएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
शिवम सिमेण्ट वनाउनका लागि प्रयोग हुंदै आईरहेको ढुंगा उत्खननका लागि जवाङमा संचालन गरिएको ग १ ख ६२६५ नम्बरको एचडि कोल्वेको कम्पनीको स्काभेटरमा रातीको समयमा भएको आगजनीबाट पूर्ण रुपमा क्षती भएको छ । यसैगरी सोही स्काभेटर संगै रहेको बा १ क ६८४४ नम्बरको कोमात्सु कम्पनीको स्काभेटरमा पनि आगजनी भएको छ । अज्ञात समुहले दुईवटा स्काभेटरमा आगजनी गरेपछि खानीक्षेत्रमा ढुंगावाट माटो प्रशोधन गर्ने मेशिन चलाउनका लागि चाहिने बिद्युत्त उत्पादन गर्न केही दिन अघि मात्रै जडान गरेको २५ केवी क्षमताको जेनेटर समेत जलाएर क्षती पु¥याएको छ ।
DSC_4193चार महिना अघि मात्र पोखराको फेवा कन्ट्रक्शनवाट भाडामा ल्याई चलाईएको नयाँ स्काभेटरमा रातीको समय पारेर रोकिराखेको ठाउंमा आगो लगाएर क्षती पु¥याईएको अवस्थामा आईतबार विहान भेटिएको खानीका मेनेजर भोजराज कोईरालाले वताउनु भयो । दुईवटा स्काभेटर एकै ठाउंमा राखेर आईतबार खानीका कर्मचारी र मजदुर वासवस्ने ठाउंमा गएको र विहान काममा फर्कदा दुवै स्काभेटर र केही माथि रहेको जेनेरेटर जलेको अवस्थामा भेटिएपछि घटनाका वारेमा कम्पनीको माथिल्लो निकाय र प्रहरीलाई खबर गरिएको मेनेजर कोईरालले जानकारी दिनु भयो । आगजनीबाट एक करोड २० लाख भन्दा बढीको क्षती पुगेको वताईएको छ । आगजनी को वाट किन गराईएको हो भन्ने कारण खुल्न नसकेपनि घटनाका बिषयमा प्रहरीले अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमन्त भण्डारी क्षेत्रीले वताउनु भयो ।
खानी स्थल एकान्तमा रहेको र नजिकै कुनै वस्ती समेत नभएकाले घटना निकै रहस्यमय रहेको पनि प्रहरीले जनाएको छ । रातीको समय पारेर अज्ञात समुहले स्काभेटर र जेनेरेटरमा आगजनी गरिदिएपछि खानी क्षेत्र आईतबार दिनभरी वन्द रह्यो । जवाङको खानीबाट दैनिक ३० ट्रक ढुंगा नवलपरासी स्थित शिवम सिमेण्ट उद्योगमा ढुवानी हुने गरेको छ भने खानीमा ७० जना मजदुर कार्यरत रहेका छन । यस क्षेत्रमा विभिन्न सिमेण्ट उद्योगले सर्वसाधारणको जग्गा किनेर ढुंगा उत्खनन गर्दै आईरहेका छन । शिवम सिमेण्टले पनि जवाङबाट बर्षौ देखि ढुंगा उत्खनन गरी सिमेण्ट उद्योगमा ढुवानी गर्दै आईरहेको स्थानीयले वताए ।