लज्जास्पद हारसँगै पाकिस्तानले बनायो विश्व रेकर्ड

756 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????फोटो :एजेन्सी
काठमाडौं : न्यूजिल्यान्डको क्रार्इस चर्चमा शनिबार बिहान भएको खेलमा वेस्टइन्डिजसँग लज्जास्पद हारसँगै पाकिस्तानको नाममा विश्व रेकर्ड समेत बनेको छ ।
वेस्टइन्डिजसँग १५० रनको फराकिलो हारसँगै पाकिस्तानको नाममा विश्व रेकर्ड बनेको हो । वेस्टइन्डिजले दिएको ३११ रनको लक्ष्य पछ्याएको पाकिस्तनले यति खराब शुरुवात गर्यो‍ कि उसको नाममा विश्वरेकर्ड नै बन्न पुग्यो ।
पाकिस्तानले एक रन बनाएको अवस्थामा ४ विकेट गुमाइदियो । यो वानडे क्रिकेटमा कुनै पनि टिमले सबैभन्दा कम स्कोरमा ४ विकेट गुमाएको पहिलो रेकर्ड हो ।
यसभन्दा अघि यो रेकर्ड क्यानडाको नाममा थियो । सन् २००६ मा जिम्माब्बेविरुद्धको खेलमा ४ रनको स्कोरमा क्यानडाले चार विकेट गुमाएको थियो । आजको खेलको पहिलो चार ओभरमा पाकिस्तानी टिमले ४ विकेट गुमाउँदै एक रनमात्रै बनाउन सक्यो ।

पाकिस्तानलाई शुरुवातमै धरासायी बनाउन वेस्टइन्डिजका बलर जेरोम टेलरले महत्वपूर्ण भूमिका खेले । उनले आफ्नो पहिलो २ ओभरमा १ मेडन राखेर ३ विकेट झारेका थिए ।
पाकिस्तानी ब्याटिङ ध्वस्त पार्ने क्रममा उनले पहिलो ओभरमै दुई विकेट र तेस्रो ओभरमा तेस्रो विकेट लिए । टेलरले पाकिस्तानको पारीको दोस्रो बलमा नासिर जमसेदलाई रसेलबाट क्याचआउट गराए ।
त्यसपछि सोही ओभरको आखिरी बलमा युनिस खानलाई पनि रसेलले खाता नै नखोली दिनेश रामदिनको हातबाट क्याच आउट गराए । टेलर त्यतिमै रोकिएन्, उनले तेस्रो ओभरको आखिरी बलमा सोहेललाई पनि आउट गराए ।
चौथो ओभरको पहिलो बलमा होल्डरले अहमद सहजादलाई एक रन बनाएको अवस्थामा पेभेलियन फर्काए । जुन बेला उनले लिएको १ रनसहित पाकिस्तानले ४ विकेट गुमाइसकेको थियो अन्नपूर्ण पोष्ट दैनिकले खबर लेखेको छ ।