अरबी स्पोर्ट्स क्लवको खेल मैदानमा मैत्री खेल हुने

1107 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11004019_707207692730443_1945801988_nकतार- कतारमा रहेका नेपाली तथा अन्य देशका नागरिकहरुका बिच मैत्रीपूर्ण सम्वन्ध विस्तार गर्ने उद्धेश्यले फेब्रुअरी २७ तारिखका दिन अल अरबी स्पोर्ट्स क्लवको खेल मैदानमा नेपाली फुटबल टिम र इन्डोनेशियाको स्थानीय खेलाडीहरु बीच मैत्री खेल हुने भएको छ । साथमा नेपालका ख्यातिप्राप्त रोयला गायक शिरीष देवकोटाको रोयला गीत लगायत विभिन्न प्रस्तुती रहने समन्वयकारी संस्था चितवन युवा समूहले बताएको छ ।

 आउँदो शुक्रवार दिनको २.३० बजे बाट सुरु हुने सांगीतिक कार्यक्रममा गायक देवकोटाले विभिन्न चर्चित तथा मनोरञ्जनात्मक लोकप्रिय गीतहरु द्धारा उपस्थित दर्शकहरुलाई पुर्ण मनोरञ्जन दिन सफल हुने चितवन युवा समूहका अध्यक्ष भूमिराज कार्कीले  बताए । इन्डोनेशियन समुदायको पनि सांगीतिक प्रस्तुती रहने सो कार्यक्रममा १ घन्टा ४५ मिनेटको सांगीतिक प्रस्तुती रहने  चितवन युवा समूहले जनाएको छ । नेपाली फुटबल टिम पनि यस पटक अल अहली क्लवको सहयोगी संस्थाको रुपमा दर्ज भएर आफ्नो टिमलाई खेल मैदानमा उतार्ने भएको नेपाली फुटबल टिमका अध्यक्ष संजीव रानाभाटले बताए । दिउँसो ४.१५ बाट कतारको अल अहली क्लव र अल समाल क्लव बीच खेल हुनेछ भने लगत्तै दोश्रो चरणको खेलमा नेपाली फुटबल टिम र इन्डोनेशियन टिम बीच मैत्री खेल हुने भएको छ । गत कार्यक्रमहरुमा भन्दा यस पटक अल अहली क्लवले थप विभिन्न आकर्षक पुरस्कारको व्यवस्था गरेको हुनाले नेपाली दर्शकहरुलाई आफ्नो भाग्य अजमाउने अवसर मिल्नुको साथै विभिन्न मनोरञ्जनात्मक गायन प्रस्तुतीको मज्जा लिन पाउने भएकोले सम्पुर्ण इच्छुक नेपाली समुदायलाई उपस्थित हुन अल अहली क्लवका मेनेजर नासरले अनुरोध गरेका छन् । कार्यक्रम हेर्न आउने दर्शकहरुको लागि क्याम्प देखि क्लव सम्म आउन जानको लागि यातायातको व्यवस्था पनि रहेको जानकारी दिएको छ । यातायातको लागि सम्पर्कः भूमिराज कार्की ७००५००६८, समीर केसी ६६५८९६८२, हरि प्रसाद दंगाल ३३६८५४००, बाबु छत्कुली ६६२८४७४९ मा सम्पर्क गर्न सकिने आयोजकले धादिङ न्यूजललाई जानकारी दिएको छ ।