सुहागरातमा बेहुलीको कपडा खोल्न नसकेपछि डिभोर्स

845 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सुहागरात भन्ने बित्तिकै हरेक विवाहित जोडीको पहिलो रात भन्ने कुरा सबैको बुझाईमा परिहाल्छ । जिवनभर संगै रहने प्रतिवद्धता संगै एक भएको दुई मनका बिच सुहागरातमा एकले अर्काको मनको भावना बुझ्ने मात्रै होइन । दुई मन एक अर्कामा समर्पण पनि हुने गर्दछ योपनि सबैलाई थाहा भएकै कुरा हो । सुहागरातले बांकी जिवनलाई कस्तो वनाउने भन्ने योजना पनि वनाउने गरिन्छ । तर  इंग्ल्याण्डमा विवाह सकिएपछि सुहागरातको तयारीमा रहेका बेहुलाले बेहुलीको कपडा खोल्न नसकेपछि बेहुलीमाथि निर्घात कुटपिट गरेका छन् ।

सुहागरातकै दिन निर्घात कुटाइमा परेकी बेहुलीले बेहुलाबाट आफूलाई होटलका कर्मचारीले बचाँएको भन्दै प्रहरीसमक्ष उजुरी गर्दै डिभोर्स माग गरेकी छन् ।

ffdfdfप्रसंग हो इंग्ल्याण्डको सन्डरल्याण्डका गाभिन गोलाइट्लीले लण्डनकी एमी डोसनको । यो जोडीको झगडा सुहागरातबाटै सुरु भयो र अन्तत जोडीको सहयात्रा पनि अन्तिम दिन सुहागरातकै दिन बन्यो ।

सुहागरातको कल्पनामा जब विस्तारामा पुगेको जोडी बीचमा तनाव सुरु भएपछि पीडामा सुहागरात सकियो । अनि डिभोर्सको यात्रा त्यहीबाट सुरु भयो ।

जब बेहुलीको कपडा खोल्न बेहुलालाई कठिन भयो तब बेहुला बेहुलीमाथि जाइलागे । बेहुला बेहुलीमाथि खनिएका मात्र होइन बेहुला बेहुलीको सुहागरातको झगडाबाट बेहुलीलाई जोगाउनका लागि होटलका कर्मचारी नै खट्नु परेको थियो ।

बेहुलीले प्रहरीलाई दिएको उजुरी अनुसार बेहुलीले लगाएको कपडा फुकाल्न बेहुलालाई गाह्रो भएको थियो । त्यसैको नाममा बेहुलाले सुहागरातकै दिन बेहुलीलाई पत्नीलाई लडाए र बेस्सरी निर्घात कुटपिटको सुरुवात गरेका थिए । सुहारगरातमै बेहुलाको कुटाइबाट पटक पटक बेहोस भएकी बेहुलीले डिभोर्स मागेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले खबर लेखेका छन् ।