चट्याङले एकको ज्यान गयो ,दुई घाईते

845 पटक पढिएको

१४ फाल्गुन २०७१, बिहीबार २०:५२ सम्पादक: धादिङ न्यूज

56027be23b2bc0d4559d7049ee0eceadधादिङ,१४ फागुन – चट्याङले लागेर धादिङमा एक जनाको ज्यान जानुका साथै दुई जना घाईते भएका छन ।
धादिङको मलेखुमा तरकारी बिक्री गरेर सलाङ गाविसको गौंथले स्थित घर तर्फ फर्कदै गर्दा घर नजिकै चौतारामा बसिरहेकोे बेला चट्याङले लागेर विहान ११ वजे तिर ८१ बर्षिय पूर्णवहादुर थापा मगरको ज्यान गएको छ ।
यसै गरी जिल्लाकै जिवनपुर गाविस वडा नम्बर ५ कात्तिकेमा पनि चट्याङमा परेर दुई जना घाईते भएका छन । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार विान ११ वजे तिर परेको चट्याङले लागेर ७५ बर्षिया कान्छिमाया मगर र १९ बर्षिया सानु देवी श्रेष्ठ घाईते भएका हुन । घाईते दुवै जनालाई अचेत अवस्थामै उपचारका लागि काठमाण्डौं पठाईएको पनि प्रहरीले जनाएको छ ।