धादिङ स्वाईनफ्लुको उच्च जोखिममा,  चितवन र काठमाण्डौमा स्वाईनफ्लु संक्रमित

584 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

s1n1धादिङ– धादिङ जिल्ला स्वाईनफ्लुको उच्च जोखिममा रहेको छ ।पछिल्लो समय छिमेकी देश भारतमा फैलिएको स्वाईनफ्लुबाट ८ सय भन्दा बढीको ज्यान गईसकेको छ । यसको असर नेपालमा पनि पर्न थालिसकेको छ । नेपालमा अहिले सम्म १५ जना भन्दा बढीमा यसको संक्रमण देखीएको छ । धादिङसँग सिमान जोडिएको काठमाण्डौ जिल्लामा पनि स्वाईनफ्लु संक्रमति व्यक्तिहरु भेटिसकेको छ । खुल्ला सिमाना र दैनिक आवत–जावतको हिसाबले पनि धादिङ जिल्लामा स्वाईनफ्लुको संक्रमण छिट्टै फैलन सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । चितवन जिल्लामा पनि ४ जनामा स्वाईनफ्लुको विरामी भेटिसकेको जिल्ला अस्पताल चितवनले जनाएको छ । ४३ जनामा गरीएको परिक्षणमा ४ जनामा स्वाईनफ्लुको संक्रमण भेटिएको हो । गंभीर प्रकारका रोग भित्रिन थालेपनि त्यसको निदानका लागि सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन । सरकारको यस्तो कार्यले गंभीर प्रकारका रोगहरु नेपाल भित्रिने खतरा पनि बढेको छ । स्वाइन फ्लुको सन्त्रास बढिरहँदा ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले केही समयभित्रै सिमा नाका चेक जाँचका लागि हेल्थ डेक्स राख्ने तयारी गरिरहेको छ । नेपाल र भारत आवतजावत गर्ने साना ठूला गरी ८ दर्जन भन्दा धेरै नाका छन । पैदल नाका तथा विमानस्थलहरुबाट सजिलै मानिसहरुको आवतजावत हुन्छ । तर ति नाकाहरुमा स्वास्थ्य परीक्षणको व्यवस्था नहुँदा भारतमा महामारीको रुप लिइसकेको स्वाइन फ्लुू नेपालमा पनि भित्रिएर जोखिम बढ्ने चिन्ता निश्चित छ । स्वाइनफ्लू लागेमा रुघाजस्तै लक्षण देखिन्छ । नाक बन्द हुने, पातलो सिगान बगिरहने, हाच्छ्यू आउने, खोकी लाग्ने, थकाई महसुस हुने, खान मन नलाग्ने यसका प्रारम्भिक लक्षण हुन । यसका साथै कडा ज्वरो आउने, टाउको दुख्ने, झाडा पखाल्ला लाग्ने पनि हुन्छ । त्यसैले रुघा खोकी वा यस्तै कुनै लक्षण देखिए सामान्यरुपमा नलिई स्वास्थ्य जाँच गराइहाल्न चिकित्सकहरुले सुझाव दिएका छन् ।