जन्मदै अस्पतालबाट हराएकी किशोरी सत्र वर्ष पछि फेला पार्न सफल

645 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 kidnaped-girlसंसार गोलो छ । आज छुट्टिएको परिवार भोलि फेरी एक नहोला भन्न सकिदैन । त्यस्तै कुनै परिवार बाट एक बालक हराएको छ भने जिन्दगीको कुनै पनि क्षणमा आफ्नो परिवार सँग उसको मिलन हुन्दैन भन्न पनि सकिदैन ।

हो, यस्तै भएको छ दक्षिण अफ्रिकाको राजधानी केप टाउनमा । त्यहाँ सत्र वर्ष पछि एक किशोरीको आफ्नो परिवार सँग मिलन भएको छ । कथा यस प्रकार छ :- सन् १९९७ अप्रिल २८ तारिकका दिन केप टाउन अस्पतालमा एक बालिकाको जन्म हुन्छ तर ति बालिका जन्मेको केहि क्षणमै बेपत्ता हुन्छिन । परिवार तथा स्थानीय प्रहरीले उनको खोजीलाई तिब्र बनाउँछ तर उनलाई फेला पर्न सक्दैन ।

घटनाको सत्र वर्ष पछि केहि दिन अगाडी उनलाई आफ्नो परिवारले फेला पार्न सफल हुन्छ । उनलाई शिशु अवस्थामा आफ्नो परिवारबाट छुट्टाएर एक महिलाले पालन पोषण गरेकी हुन्छिन । जब उनि ठुली हुन्छिन अनि स्कुल जान थाल्छिन, स्कुलमा उनले आफु जस्तै अनुहार भएकी अर्की एक साथी भेट्छिन् । उनले जसलाई भेट्छिन् उनि उनको आफ्नै सक्कली आमाको काखबाट जन्म भएकी उनि भन्दा चार वर्ष कान्छी बहिनि हुन्छिन । अनि आफ्नो हराएकी छोरीको निरन्तर खोजीमा रहेको परिवारमा जब बहिनिले स्कुलमा आफ्नो जस्तै अनुहार भएको एक साथी रहेको बताउछिन, परिवारले उनलाई कफीको लागि घरमा निम्तो गर्ने निर्णय गर्छ ।

जब त्यो दिन आउँछ, जुन दिन आफ्नै घरमा ति किशोरी पहिलो पाईला राख्छिन । उनको आमाबुबालाई आफ्नो सन्तान चिन्न कत्ति पनि बेर लाग्दैन । अनि बुबाले गर्छन पुलिसलाई फोन । प्रहरीले जब अनुसन्धान अगाडी बढाउँछ तब उनको पछाडी लुकेको रहस्य खुल्छ । उनको डि एन ए परिक्षण पछि सत्र वर्ष पछि उनले आफ्नो परिवारको न्यानो अंगालो पाउँछिन ।

हाल प्रहरीले उनलाई बेपत्ता बनाएर पालन पोषण गर्ने आमालाई हिरासतमा राखेको छ भने ति किशोरी आफ्नो परिवारसँग बस्न थालेकी छन् । हाल उनि र उनको आफु भन्दा चार वर्ष कान्छी बहिनिको सम्बन्ध निकै घनिष्ट देखिएको छ । परिवारले उनको अनुपस्थितिमा पनि अप्रिल २८ तारिकका दिनलाई उनको जन्मदिनको रुपमा मनाउदै आएको थियो । स्रोत एजेन्सी