विमितका आफन्तलाई रकम प्रदान
818 पटक पढिएको
धादिङबेसी–एशियन लाईफ इन्स्योरेन्स कम्पनी लि. उप–शाखा धादिङले तारुका नुवाकोट निवासी कुलदिप पंडितलाई मृत्यु दावी भुक्तानी वापतको रकम प्रदान गरेको छ । बिमित लक्ष्मी पंडितको गत पुस ६ गते विष सेवनबाट मृत्यु भएकाले उनका श्रीमान कुलदिप पंडितलाई मृत्यु दावी भुक्तानी वापतको रकम सोमबार प्रदान गरिएको हो ।
धादिङबेसीमा आयोजित एक कार्यक्रममा धादिङका अग्रज पत्रकार एवं समाजसेवी राजेन्द्रप्रताप शाहले मृत्यु दावी भुक्तानी वापतको रकम एक लाख उन्नाइस हजार पाँच सय सोह्र रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो ।
एशियन लाईफ इन्स्योरेन्स उप–शाखा धादिङका प्रमुख प्रकाश ढुङ्गानाका अनुसार बीमित लक्ष्मी पंडितले काठमाण्डौ शाखा कार्यालयमा एक लाख एक हजार रुपैयाँको जीवन बीमा गराएकोमा हाल सम्म उनन्तीस हजार नौ सय बाउन्न रुपैयाँ बीमा शुल्क भुक्तानी गरेको र नीजको मृत्यु भएकाले मृत्यु दावी भुक्तानी वापतको रकम प्रदान गरिएको हो ।







