सामसङको एन्ड्रोइड सीडीएमए सेट

717 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

CDMA_20150301083124 (1)

काठमाडौ,  – सामसङले सीडीएमए र जीएसएम सीम चल्ने एन्ड्रोइड फोन नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी एस ४ मोडलको उक्त सेट निरन्तर यात्रा गरिरहनुपर्ने व्यक्तिहरूलाई लक्षित गरी ल्याएको कम्पनीले जनाएको छ । एस ४ १२ हजार रुपैयाँमा उपलब्ध हुनेछ । यसका साथमा सामसङले नेपाल टेलिकमको रिम कार्ड, १ सयको टक लाइम, प्रतिमहिना ३ सयका दरले ३६ सय रुपैयाँको डाटा निःशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ । यस सेटमा २ एमपीको क्यामेरा, १.२ गिगाहर्ज डुअल कोर प्रोसेसर, ४ जीवी इन्टरनल मेमोरी छ ।