सलाङमा मनाईयो महिला दिवस

661 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सलाङ- १०५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आइतबार सलाङ ५ ग्याँसटारमा ¥याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हरित कृषि महिला सहकारी संस्था सलाङको आयोजनामा सामुदायिक वन उपभोक्ता महासंघको हरियो वन कार्यक्रम अन्तरगत सञ्चालन गरिएको कार्यक्रममा महिला अधिकारका कुराहरुको बारेमा बृहत छलफल भएको थियो । महिलामात्र सदस्य रहेको सहकारीमा आवद्ध महिलाहरुबीच महिला अधिकारको विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको सहकारीकि अध्यक्ष विमला सेढाइले जानकारी दिइन ।
SAM_6698हरित कृषि महिला सहकारी संस्थाकी जेष्ठ सदस्य मैयाँ रुपाखेतीको अध्यक्षता र संस्थाकी अध्यक्ष विमला सेढाईको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा आमा समुहका सदस्यहरु लगायत संस्थामा आवद्ध सदस्यहरुको सहभागिता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाँश महिला दिदीवहिनीहरुले सवै आमा दिदी बहिनीहरु एकजुट भएर अघि बढेमा मात्र गाउँम्टोल र समाजमा महिला अधिकारीका कुराहरु स्थापित हुने बताएका थिए ।
कार्यक्रममा महिलाहरुले गीत मार्फत महिला अधिकार र ५० प्रतिशत महिला सभाषद नभएकै कारण अहिले संविधान निर्माणमा ढिलाइ भइरहेकोले भन्दै असन्तृष्टी राखेका थिए ।