धादिङ। धादिङ जिल्लाको उत्तरी क्षेत्रको हिमाली भेगका बन जंगलमा विश्वमै दुर्लभ वन्यजन्तुको रूपमा रहेको रेडपाण्डाको खोजी गरिने भएको छ ।
धादिङ जिल्लाको उत्तरी भेगका अति विकटका जंगलहरुमा जुम्ला लगायतका जिल्लामा रेडपाण्डा लगायत लोपोन्मुख वन्यजन्तुको सफल अनुसन्धान गर्नु भएका युवा अनुसन्धानकर्ता मनोज भट्ट लाई रेडपाण्डा नेटवर्कले स्थलगत अनुसन्धानका लागि खटाएको छ ।
रेडपाण्डाले अध्यधिक रूपमा बाँस, निगालोलाई पौष्टिक आहारको रूपमा प्रयोग गर्ने र उत्तरी धादिङका अधिकांश वन जंगलमा बांस र निगालो पाईने भएकाले रेडपाण्डा नेटवर्कले खोजी अभियान शुरु गरेको हो । धादिङ जिल्लाको तिप्लिङ गाविसको नजिकै रहेको रसुवा जिल्लाको लाङटाङ राष्ट्रिय निकुञ्जमा रेडपाण्डा भेटिएकाले धादिङ जिल्लामा पनि रेडपाण्डा पाईने अनुमान वन्यजन्तु अनुसन्धानकर्ताहरुको छ । लोपोन्मुख प्रजातिका जनावर तथा चराचुरुङ्गी जोगाउन सके यस बाट विदेशी पर्यटक आकषिर्त सकिने धेरैको विश्वास छ ।