नेपाल बैकको सिइओमा धादिङका देवेन्द्रप्रताप शाह नियुक्त

902 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

400x265xDevendra,P20shah,281,29.jpg.pagespeed.ic.MWF4t-YiGaकाठमाडौँ- नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा धादिङ मैदीका देवेन्द्रप्रताप शाह नियुक्त हुनुभएको छ ।

बैंक सञ्चालक समितिको विहीवार बसेको बैठकले उहाँलाई उक्त पदमा नियुक्त गरेको हो ।
यसअघि नेपाल बैंकको व्यवस्थापनको जिम्मेवारी नेपाल राष्ट्र बैंकले सम्हालेको थियो ।

देशकै पहिलो बैंकको वित्तीय सुधारमा सकारात्मक परिवर्तन आएकाले राष्ट्र बैंकले व्यवस्थापनबाट हट्ने निर्णय गरेपछि नयाँ नियुक्ति भएको हो । शाह कृषि विकास बैंकका पूर्व महाप्रबन्धक हुनुहुन्छ । उहाँ खुला प्रतिस्पर्धाबाट  प्रमुख कार्यकारी अधिकृत छानिनु भएको हो ।  शाहको कार्यकाल ४ वर्षको हुनेछ ।

सिइओका लागि शाहसँगै अनलराज भट्टराई, कुमार लम्साल, कुलराज चालिसे, समिर दाहाल, रधुनाथ खनाल र छपीराज पन्तले आवेदन दिएका थिए । तर, सो मध्ये देवेन्द्रप्रताप शाह, कुमार लम्साल, अनलराज भट्टराई, छपीराज पन्त र रघुनाथ खनाल सर्टलिष्टमा छानिएका थिए ।शाह संविधान सभा सदस्य समेत रहनु भएका  नेपाल प्रहरीका पुर्व आईजिपी  रविन्द्रप्रताप शाहका दाजु र  पुर्व प्रमुख निर्वाचन आयुक्त बिष्णुप्रताप शाहका भाई हुनुहुन्छ ।