नापतौल सामग्री परीक्षण नहँुदा ठगिँदै उपभोक्ता
768 पटक पढिएको
धादिङ–सडक तथा अन्य सार्वजनिक स्थलमा तरकारी, फलफुल लपगायतका सामान विक्री गर्ने व्यवसायीले चलन गरेका नापतौल सामग्रीको नियमित परीक्षण हुन नसक्दा उपभोक्ता ठगीने गरेका छन् । धादिङबेसी लगायत आसपासका राजमार्ग छेउमा राखीएको नापतौल सामग्री बार्षिक रुपमा परिक्षण नहँदा उपभोक्ता ठगीएका हुन् । सडक व्यापारीका नापतौल सामग्रीको परीक्षण गुणस्तर तथा नापतौल विभागबाट नियमति रुपमा हुन नसक्दा त्यसको असर उपभोक्तामा परेको छ । बजारका व्यापारीमा पनि कतिपयलाई तराजु बार्षिक परीक्षण गराउनुपर्छ भन्ने जानकारी पनि नभएको पाईएको छ । उनीहरुलाई निरन्तर प्रयोग गरिएको ढक तराजु नपातैल विभागबाट परीक्षण गराउँदा आफ्नो व्यावसायिक विश्वसनीयता समते बढ्छ भन्ने जानकारी नै छैन । बजामरा किनेको एक किलो स्याउ घर पुपगेर तौलिदा ९ सय ग्राम मात्र रहेको नबराज श्रेष्ठले बताउनु भयो । उपभोक्ताको गुनासो सुन्दा उनीहरु फुटपाथका ठेला र साईकलमा राखेर फलफुल बेच्नेबाट प्राय ठगीने गरेका छन् । फलफुल खरिदमा ठग्छन भन्ने त सुनेको थिए तर के गर्नु उतिखेर राम्रैसँग तौलिएका थिए पछि तौलिँदा तौल कम छ किरान्चोकका होम बहादुर अधिकारीले गुनासो गर्नुभयो । अहिले बजारमा ईलोक्ट्रोनिक नाप तौल आएपनी ढक तराजुको चलन भने हटेको छैन । धेरै पहिलेका ढक तराजु प्रयोग गदौ कत्तिमा टुटफुट रहेको कारण सहि तौल दिने गरेको छैन । बजार अनुगमनको जिम्मा पाएको निकायले भने अहिले सम्म कुनै चासो देखाएको छैन । मौसमी रुपमा गरीने अनुगमनले खासै फरक नपर्ने उपभोक्ताहरुको भनाई रहेको छ । तर फुटपाथमा व्यापार गर्ने व्यापारी भने आफुहरुले त्यसरी ठग्ने नगरेको दावी गर्छन ।