सार्वजनिक जग्गा अतिक्रमण बढ्दो, पृथ्वीराजमार्गमा सबैभन्दा बढी अतिक्रमण

604 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

 atikarmanधादिङ– जिल्लाका विभिन्न क्षेत्रमा सार्वजनिक जमिन अतिक्रमण गरी मनेमानी रुपमा भाडा असुल्ने क्रम बढ्दै गए पनि जिल्ला प्रशासन कार्यलय धादिङले यस्तो कार्यलाई अझै सम्म रोक्न सकेको छैन । धादिङबेसी सदरमुकाम लगायत राजमार्ग आसपासका क्षेत्रहरुमा चहलप हुने सार्वजनिक स्थानका अधिकांस जमिनहरु भाडामा लगाउने प्रचलन निकै बढेको छ । सरकारले सडक दुर्घनामा कमि ल्याउनका साथै सुन्दर र सफा राजमार्ग निमार्ण गर्ने उद्देश्यले तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई सरकारको नेतृत्वले राजमार्गका १५ मिटर छेउ छाउको अस्थाई र ईस्थाई संरचनाहरु भत्काई सकेको भएपनि फेरी अतिक्रमण गर्ने निकै बढेको छ । विषेश गरी पृथ्वीराजमार्गको मलेखु आसपासका क्षेत्रहरुमा अहिले फेरी सबै जसो स्थानहरुमा घर तथा टहराहरु फेरी अतिक्रमण हुन थालेको छ भने अधिकांस पेट्रोल पम्प क्षेत्रहरुमा सडक नै भाडामा लिएर बस्ने गरेको मलेखुका स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन् । पृथ्वीराजमार्गको मलेखु, गजुरी, गलौदी, भल्टार, सिम्ले, धार्के लगायतका क्षेत्रहरुमा सार्वजनिक जग्गाहरु अतिक्रमण गरेर घरटहरा बनाईएको छ । सानो छाप्रो बनाएर त्यही पसल थाप्ने प्रविधिको कारणले पनि सार्वजनिक जग्गा अतिक्रमण भईरहेको छ । धादिङमा बहुमुल्य र सार्वजनिक महत्वका साथै चहल पहल धेरे हुने स्थानमा सरकारको स्वमित्वमा रहेको जमिन र घरहरु समेत व्यक्तिहरुले उपभोग गरी भाडामा लगाउनका साथै घरहरु निमार्ण गरेर बस्दा समेत स्थानीय प्रशासनले कुनै चासो नदेखाएको सरोकारवाला निकायहरुले गुनासो गरेका छन् । सवारी दुर्घटना न्युनीकरण गर्ने र बजार क्षेत्र व्यवस्थित गरिने भनिएपनि अहिले सम्म त्यो काम कुरामा मात्र सिमित भएको छ । कार्यन्वयन गराउने पक्ष उदासिन भएको कारणले काम हुन सकेको छैन ।