चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी तिव्र

633 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी-आगामी चैत्र २७ गतेदेखी धादिङ धादिङबेसीमा हुने चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी तिव्र पारीएको छ । स्वास्थ्यको लागी खेलुकद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आयोजना हुने प्रतितियोगीतामा क्षेत्रीय प्रतियोगितामा तेस्रो स्थान सम्म हासिल गर्ने विद्यार्थीले सहभागी जनाउने जिल्ला खेलकुद विकास समिति धादिङले जनाएको छ । तीन दिन सम्म सन्चालन हुने प्रतियोगिताका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले उद्धघाटन गर्ने कार्यक्रम रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनराज भण्डारीले बताउनु भयो ।  प्रतियोगितामा छात्र÷छात्रा  एथ्लेटिक्स, भलिबल, मार्सलआर्ट तर्फ उसु करातैँ लगायतका खेलहरु हुने छन् । क्षेत्र नम्बर १ बाट १२ वटा विद्यालयको सहभागीता रहने छ । त्यसैगरी क्षेत्र नम्बर २ बाट १४ वटा र क्षेत्र नम्बर ३ बाट १२ वटा गरी जम्मा ३८ वटा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सहभागिता रहने छ । चैत्र २९ गते सम्म चल्ने प्रतियोगितामा प्रथम, द्धिनिय र तृतीय हुने विद्याललाई क्रमश १५ हजार, १२ हजार, ९ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरीने छ ।