भित्तामा पिसाव गर्ने असभ्यलाई पाठ सिकाउन सभ्य तरीका

601 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सडक छेउमा पर्ने घर र पर्खालको भित्तामा पिसाव गर्ने चलन संसारको जहाँ पनि हुँदो रहेछ । विशेष गरि अँध्यारोको समयमा रक्सीले मातेका असभ्य मानिसहरुले यसरी सडक छेउको भित्तामा पिसाव फेर्ने क्रम बढेपछि आजित भएका जर्मनीको ह्यामबर्गका सेन्ट पाउलीका बासिन्दाहरुले अनौठो तरिका अपनाएका छन् ।

असभ्य व्यवहारको लागि सभ्य तरिकाले जवाफ फर्काउन उनीहरुले नयाँ तरिका अपनाएका हुन् । सेन्ट पाउलीको सामुदायिक संस्थाले पीडित घरको भित्ता, पर्खालको भित्तामा सुपर हाइड्रोफोकिब लेप लगाए दिएको छ ।

यस्तो लेप लगाइएको भित्तामा पिसाव फेर्यो भने पिसाव गर्ने व्यक्तितिर पिसाव फर्किनेछ ।