चौथो राष्ट्रिपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु, ३२ विद्यालयका ६ सय खेलाडी सहभागी

1043 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bajeshworiधादिङबेसी– जिल्ला सदरमुकाम धादिङबेसीमा शुक्रबारदेखीे चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विसका समिति धादिङका अध्यक्ष मनराज भण्डारीको अध्यक्षता र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाको प्रमुख आतिथ्यमा सुरु भएको प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमीरे, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधिको आतिथ्य रहेको थियो । धादिङको तीन वटा निर्वाचन क्षेत्रबाट ३२ वटा माध्यमिक विद्यालयका ६ सय भन्दा बढी विद्यार्थीले सहभागीता जनाउने छन् । आज पहिलो दिन छात्र भलिवल, छात्रा १५ सय मिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सन्चालन भएको खेलकुदका बिजयी विद्यार्थीको आधारमा विद्यालयले अंक पाउने छ । चैत्र २९ गते सम्म सन्चालन हुने प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने विद्यालयले क्रमश नगद १५ हजार, १२ हजार, ९ हजार र शिल्ड,कप, मेडल र प्रमाण पत्र पाउने छन् । यसैगरी कार्यक्रमको अवसर पारेर जिल्ला खेलकुद विकास समिति धादिङले दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिकमा कास्य पदक बिजेता विमला तामाङलाई नगद १० हजार रुपैँयाबाट सम्मान गरेको छ । धादिङ समेजोङ घर भएकी बिमला तामाङलाई प्रोत्साहन स्वरुप नगर दिईएको जिल्ला खेलकुद विकास समिति धादिङले जनाएको छ ।