नालीबाट बग्ने फोहोर बीच सडकबाटै बग्छ धादिङबेसीमा, नियमन निकाय भनै मौन

603 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

fohoraधादिङ–धादिङबेसी बजार क्षेत्रमा रहेको फोहोर व्यावस्थापन गर्नको लागी कसैले चासो देखाएको छैन । सडक नै ढाक्ने गरी राखीएको निर्माण सामाग्रीको कारणले अहिले नाली बाट बग्ने पानी बीच सडकबाटै बग्ने गरेको छ । स्थानीयहरुले घर बनाउनको लागी प्रयोग गर्ने सामाग्रीहरु नाली नै छोपिने गरी राखेपछि पानी पर्न साथ नालीमा भएको फोहोर साथ दुषित पानी सडकको बीच बीचै बग्ने गरेको छ । फोहोर व्यवस्थापनको क्षेत्रमा काम गर्ने जिल्लामा विभिन्न संघ–संस्थाहरु भएपनि अहिले सम्म कुनै उल्लेख्य काम हुन सकेको छैन । नीलकण्ठ नगरपालीकाले पनि फोहोर व्यावस्थापनको लागी खासै चासो दिएको पाईदैन । नियमन निकायले कुनै चासो नदिदा धादिङबेसी बजार क्षेत्र पछिल्लो समय अस्तव्यस्त बन्दै गईरहेको छ । नाली जाम हुँदा धादिङबेशीमा फोहोर सहितको पानी सडक भएर बग्ने गरेको छ । गर्मी समयमा फोहोरको कारण विभिन्न सरुवा रोगको प्रकोप बढ्ने हँुदा सम्बन्धीत निकायले फोहोर व्यवस्थापनको लागी तत्काल पहलकदमी चाल्नुपर्ने स्थानीयले बताएका छन् । एक पटक मात्रै हैन पानी पर्न साथ धादिङबेसीमा यस्तो समस्या देखिने गरेको छ ।