ओली निवसामा किन घन्कियो पञ्चेबाजा ?

706 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11150243_738387266278760_43121327842763460_n (1)काठमाण्डु, १ वैशाख– न विवाह, न व्रतवन्ध तै पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बाल्कोटस्थित निवासमा मंगलबार पञ्चेबाजा घन्केको छ ।

पञ्चेबाजा मात्रै होइन, ओली निवासमा मंगलबार सेल पाक्यो, खीर पाक्यो । पुग्नेहरुले गाउँघरको विवाहमा पाक्ने जस्तो सेल, खीर, पुरी तरकारी खाए । ओलीका कुनै सन्तान छैनन्, अरु कसैको विवाह पनि थिएन । तर पनि निवास विवाहमय बन्यो ।

खासमा मंगलबार ओलीले झापा आन्दोलनका सहयात्रीसंगको अनौपचारिक ‘गेट टुगेदर’ कार्यक्रम राखेका थिए । तर सहभागीहरु थपिँदै गए ।

अनौपचारिक भनिएको कार्यक्रम विवाह जस्तो हुन पुग्यो । झापा आन्दोलनमा सहयात्रा गर्ने ओलीका साथीहरु सिपी मैनाली, आरके मैनाली, सानो दुर्गा अधिकारी, ठूलो दुर्गा अधिकारी, सुखानीका शहीद पत्नी विश्वेश्वरा दाहाल, जीवन घिमिरे लगायत ओली निवास पुगेका थिए । झापा आन्दोलनमा सहभागी भएका ओलीका सहयात्री मध्ये २ दर्जन जति सो अवसरमा पुगेका थिए ।

विहान ८ बजेदेखिको कार्यक्रममा एक पछि अर्को व्यक्ति थपिँदा सहभागीको संख्या २–३ सय पुग्यो ।

त्यो अवसरमा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सिपी मैनालीलाई पार्टी एकताका लागि आग्रह गरे । खनालको आग्रहलाई उपस्थित एमाले कार्यकर्ताहरुले ताली बजाएर समर्थन गरेका थिए । जवाफमा मैनालीले कुनै स्पष्ट जवाफ दिएनन् तर उनले झापा आन्दोलनको मूल उद्देश्यबाट आफू विचलित नभएको बताए ।

तर त्यसपछिका कालखण्डमा कसले कति गल्ति गर्यो, आ–आफ्नो भागमा परेको कसूर जिम्मा लिुन पर्ने उल्लेख गरे ।

ओलीले एमाले–माले एकताको विषय खासै कोट्याएनन् तर उनले सिपी मैनालीको प्रशंसा मात्रै गरे ।

-काठमाण्डु टुडे डट कम अनलाइनबाट