पहिलो पटकको यौनसम्पर्क महिलाको लागि……

3154 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dd

 पहिलोपटकको यौनसम्पर्क तपाईंले सोचेसरह राम्रो नहुन सक्छ । वास्तवमा भन्नुपर्दा यसलाई लिएर धेरै नै डर हुने गर्दछ । डा. महिन्दर वात्साले पहिलो पटक कसैसँग शारिरिक रुपमा नजिक हुँदा के कुरा आशा गर्ने र नगर्ने भन्ने कुरा बताएका छन्
१. धेरैपटक स्लिप हुन सक्छः
सबैजनाले आफ्नो पहिलो सम्पर्क गल्तीरहित होस् भन्ने चाहन्छन् । अझ कसैले त यसलाई कथाको पात्रसँग दाँज्नेसमेत गर्दछन् । यस्तो सोच्नु गलत भने होइन तर गल्ती नै हुनुहुँदैन भन्ने सोच्नु चाँहि गलत हो । पुरुषहरुले यौन सम्पर्कको समय लम्बियोस् भन्ने चाहन्छन्, तर, यदि उनीहरु चरमोत्कर्षमा चाँडै नै पुगेको खण्डमा गल्ती नै भयो भनेर सोच्नु हुँदैन । कसैको लिङ्ग उत्तेजनामा पनि समस्या आउनसक्छ तर त्यतिबेला आफू सेक्सको लागि योग्य छैन भन्ने भ्रम मनमा आउनसक्छ । यदि तपाईंले यस्तो सोच्नुहुन्छ भने यो तपाईंको गल्ती हो । यस्तो अवस्थामा तपाईंले आफ्नो पार्टनरसँग प्रशस्त पाक्क्रिडा गरेर अन्त्य गर्नसक्नुहुन्छ । यदि कुनै कारणले तपाईं आफ्नो पहिलो सम्पर्कमा असफल हुनुभयो भने त्यहाँ जहिले पनि दोस्रो मौका हुन्छ । यदि कुनै पुरुषले हस्तमैथुनद्वारा आफ्नो लिङ्ग उत्तेजित गर्नसक्छ, उक्त मानिस सामान्य अवस्थामा भएको बुझ्नुपर्दछ ।
२. हो, यो पीडादायी हुनसक्छ, तर पर्खनुहोस् :
महिलाका लागि पहिलो पटकको यौनसम्पर्क अलिकति पीडादायी हुनसक्छ, तर पर्खनुहोस्, यो डराउनुपर्ने पीडा भने होइन । धेरैजस्तो अवस्थामा यस्तो पीडा औंला पड्काउँदाको पीडासरह हुन्छ । यद्यपि, पीडाको डरले नै यौनसम्पर्कको प्रक्रियालाई पुरै खराब गर्दछ । यौनसम्पर्क सुरु गर्नुभन्दा पहिले आफ्नो पार्टनरले आफूसँगको सामिप्यतालाई सहज रुपमा लिइरहेको छ कि छैन त्यो याद गर्नुहोस् अनि मात्र प्रक्रियालाई बिस्तारै अगाडि बढानुहोस् ।
३. रगत आउनसक्छ र नआउन पनि सक्छः
पहिलो सम्पर्कमा महिलाको योनीबाट रगत बग्नै पर्छ भन्ने कुरालाई सम्भवतः अन्धबिश्वासको रुपमा खडा भएको छ । योनीमा भएको पातलो झिल्ली टुटिसकेपछि रगत बग्ने गर्दछ, तर, पुरुषहरुले किन त्यो पातलो झिल्लीलाई कुमारीत्वको संज्ञा दिन्छन् ? कडा व्यायाम, साइक्लिङ गर्दा यो पातलो झिल्ली टुट्न सक्छ, कोही महिलाको जन्मजात नै यस्तो झिल्लीको विकाश नभएको हुनसक्छ । यदि यस्तो विषयमा आफ्नो पार्टनरमाथि कुनै शंका छ भने पहिले नै कुरा गर्नुहोस् बेडमा भएको बेला होइन ।
४. गर्भनिरोधकः
एक गलत पाइलाले गर्भ बस्न सक्ने खतरा हुनसक्छ । सम्पर्कको बेला लिङ्ग निकाल्ने प्रक्रिया वा महिलाको महिनावारीमा पूर्ण रुपमा भर नपर्दा राम्रो हुन्छ । अविवाहित जोडिहरुले कण्डमको प्रयोग गर्नुपर्ने हुन्छ ।
५. पहिलो पटकको सम्पर्क अव्यवस्थित हुनसक्छः
जब एक अर्काको शरिरको तरल पदार्थ साटिन्छ, त्यस्तो अवस्थामा वातावरण अव्यवस्थित हुनसक्छ । यसको लागि कुनै दोस्रो उपाय छैन । चाहे तपाईं गर्नुस् या नगर्नुस् । यस्तो कुराको धेरै चिन्ता नलिनुहोस्