इभाना मानन्धर भइन् मिस नेपाल- २०१५-दिव्यता फर्स्ट, मेधा सेकेन्ड रनर अप

1127 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

miss-nepal_20150418103039काठमाडौं,- ‘हिडेन ट्रेजर फ्यान्टा मिस नेपाल- २०१५’को ताज इभाना मानन्धरले पहिरिएकी छन् ।

काठमाडौंमा शनिबार राति भएको अन्तिम प्रतिस्पर्धामा १८ प्रतिस्पर्धीलाई उछिन्दै इभानाले मिस नेपाल- २०१५ को ताज पहिरिएकी छन् । मिस नेपाल- २०१५ विजेता उनले मिस वर्ल्ड- २०१५ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

मिस नेपाल- २०१५ उपाधि विजेता इभानालाई मिस नेपाल २०१४ सुविन लिम्बूले क्राउन लगाइदिइन् ।

फर्स्ट रनर अपको उपाधि दिव्यता वैद्यले जितिन् भने सेकेन्ड रनर अपको उपाधि मेधा कोइरालाको पोल्टामा पर्‍यो ।

मिस नेपाल- २०१५ को अन्तिम प्रतिस्पर्धामा १९ जना छानिएका थिए ।

को हुन् इभाना ?

मिस नेपाल-२०१५ मा सहभागिता जनाउन अमेरिकाबाट काठमाडौं आएकी प्रतिस्पर्धी हुन् इभाना । अध्ययनका लागि ६ वर्षअघि अमेरिका पुगेकी भोटेबहाल, काठमाडौंकी स्थायी बासिन्दा इभाना मानन्धर ५ फिट ४ इन्च अग्ली छिन् । इभानाले अमेरिकामै मार्केटिङमा स्नातक गरेकी छिन् । गायन, नृत्य तथा भ्रमणमा रुचि राख्ने २३ वर्षीया इभानाले भविष्यमा कुशल इन्टरप्रेनर बन्ने लक्ष्य लिएकी छिन् । इभाना पहिलो पटक कुनै पनि सौन्दर्य प्रतियोगितामा सहभागी भएकी हुन् ।

-ई कान्तिपुर डट कमवाट