यसरी सकियो ३० सेकेन्डमा तीन करोड
701 पटक पढिएको
गुजरातको जुनागढ जिल्लामा आयोजित प्रसिद्द धार्मिमक कार्यक्रममा ती महिला सांसदले श्रद्दालु भक्तजनलार्इ लक्षित गरी नोटको वर्षा गराएकी हुन् । (भिडियो हेर्नुस)
उनले नोटको वर्षा गराएको भिडियो बाहिर आएपछि भारतीय राजनीतिमा नयाँ विवाद खडा भएको छ । भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार यसरी नोटको वर्षा गराइएको पहिलो पटक हो ।
भिडियोमा गुजरातकै जामनगरबाट विजयी महिला सांसद पुनम मदानले १०-१० रुपैयाँका नोटको बिटा फुकाउँदै धार्मिक कार्यक्रममा नाचिरहेका श्रद्दालुको भींडमा उडाएकी हुन् ।
पैसा उडाइएको बारेमा प्रतिक्रिया दिँदै उनले आफ्नो कामको बचाउ गर्दै त्यहाँ चलिरहेको मेलामा पैसा उडाएको नभइ दान गरेको प्रतिक्रिया दिएकी छ्न् ।
उनले यसभन्दा अघि पनि यो कार्यक्रममा भाग लिएको बताउँदै यो पटक पनि अघिल्ला कार्यक्रममा जस्दै आफूले पैसा दान गरेको बताइन् ।
भारतीय सञ्चारमाध्यमले सांसद पुनमले पैसा उडाएको समेत भिडियो देखाइरहँदा उनी भने आफ्नो बताउमा लागेकी हुन् । ‘यो पैसा बाँड्जेस्तो कार्यक्रम होइन’, उनले भनेकी छन्, ‘यो संस्कृतिको सम्मान हो ।’