औषधि व्यवसायी संघद्धारा धादिङ्गमा राहत बितरण

497 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11150949_416803425165948_2366682626494092474_nगत शनिबार गएको विनाशकारी भुकम्पमा परि घाईते भएकाहरुको उदारको लागि नेपाल औषधि व्यवसायी संघ नारायणी अञ्चल शाखा कार्यालय पर्साले गोरखा र धादिङ्गको लागि करिब २९ लाख मुल्य बराबरको खाद्यन्न, लता कपडा, भाँडाकुडा र औषधि सहयोग गरेको छ ।

शाखा कार्यायल नारायणी अञ्चलका कार्यायल सचिव अशोक गुप्ताको नेतृत्वमा गएको राहत टोलीले गोरखाका लागि त्रिपाल ५१६ थान, चिउरा १३० बोरा, पानी ५५१ कार्टुन, चाउचाउ १७५ कार्टुन लगायत प्याज, कपडा, मिठा, खुर्सानी, बिस्कुट, चिनी, नुन, भुजा गरी २० लाख मूल्य बराबरको, , साबुन, दालमुठ र औषधि बितरण गरेको छ । त्यसैगरी धादिङ्गमा चिउरा ५०० बोरा, त्रिपाल ३५० थान, पानी २५० कार्टुन, स्टील ग्लास ६३ पिस, प्लेट १३० थान, मिठा १०० केजी, बाल्टीन २०० पीस, मग २०० थान र औषधि गरी करिव ९ लाख मूल्य बराबरको खाद्यन्न र औषधी सहयोग गरिएको सचिव गुप्ताले बताए ।

 

जिल्ला जनस्वास्थ कार्यालय धादिङ र डाक्टरहरुको क्लव प्रयास क्लब मार्फत औषधि बितरण गरिएको र खाद्यन्न, लताकपडा नगरपालिका र जिल्ला प्रशासन कार्यालयको समन्वयमा बितरण गरिएको हो । वीरगंजका औषधि व्यापारीहरुको सहयोगमा उक्त राहत संकलन गरिएको शाखाका महासचिव पप्पु कुमार झाले बताए । संस्थाका अध्यक्ष मोहम्द ताजुदिन अंसारी, उपाध्यक्ष प्रदीप खन्डेवाल, उपकोषाध्यक्ष राकेश गुप्ता र सदस्य अजय कुमार यादव, बिश्वराज गौतम, रामबिनोद प्रसाद, सुनिल लखोटियाको बिशेष सहयोगामा राहत संकलन गरिएको हो ।