तर्सिएका बालबालिका एकै छानामुनि

517 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11013490_10203067017636689_4395409866091012792_nधादिङ,  – विनाशकारी भूकम्पले तर्सिएका बालबालिकालाई मानसिक रूपमा विचलित हुन नदिन सदरमुकाममा एकै छानामुनि बालमैत्री तथा मनोरन्जनात्मक गतिविधि सञ्चालन गरिएको छ । भूकम्पपछि बन्द विद्यालयका बालबालिका उक्त छानामुनि दिनभर आफूखुसी पढ्न, लेख्न, खेल्न, नाच्न गाउन तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिमा सामेल हुन्छन् ।

‘भूकम्पपछि विद्यालय बन्द रहेका र मानसिक त्रास बढ्दै जाादा त्यसले नकारात्मक असर गर्ने भएकाले त्यस्तो अवस्था सिर्जना हुन नदिन यस प्रकारको बालमैत्री स्थान सञ्चालन गरिएको हो,’ प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए । उक्त कार्यक्रम सञ्चालन गर्न विश्व शिक्षा र युनिसेफले सहयोग गरेको छ । 

विनाशकारी भूकम्पपछि बालबालिकामा डराउने, चिन्ता व्यक्त गर्ने, घरभित्र पस्न नमान्ने, निद्रामा कराउनेजस्ता विकृत भावना हुन थालेकाले त्यसलाई न्यूनीकरण गर्न बालबालिकालाई मनोपरामर्शका लागि बालमैत्री स्थानको सुरुवात गरिएको हो ।

बालमैत्री स्थानमा अहिले सदरमुकामको पुछारबजारका १ सय ६५ बाबुनानी दैनिक रूपमा आई दिनभर विभिन्न गतिविधिमा सामेल हुन्छन् । अर्यालका अनुसार ती बालबालिकालाई दुई समूहमा विभाजन गरेर कक्षा सञ्चालन गरिएको छ ।

बालमैत्री स्थानमा गएका उनीहरूलाई खेल खेलाउने, मनोरञ्जनात्मक र सिर्जनात्मक कार्यमा लगाउनेदेखि भूकम्पको त्रासलाई न्यूनीकरण गर्दै कक्षा सञ्चालन गर्ने गरेका बताइएको छ । घरमा रहादा सधौ डराउने गरेकाले भूकम्पपछिको त्रासलाई मानसिक रूपमा हटाउन यस्तो कक्षा सुरु गरेकामा अभिभावक निकै खुसी छन् । 

आफ्ना बच्चाहरू बालमैत्री स्थानमा आएपछि डराउने, भूकम्पको मात्र कुरा गर्ने समस्याबाट न्यूनीकरण भएको अभिभावकको भनाइ छ । ‘विद्यालय बन्द भएको र अभिभावक पनि दिनभर नियमित कामकाजमा जानुपर्ने भएकाले यस बालमैत्री स्थानमा ल्याएर छोड्दा आफूहरू ढुक्क र नियमित काम गर्न सजिलो भएको छ’ स्थानीय केशरी श्रेष्ठले बताइन् । 

आफूहरूलाई घरमा बस्दा एक्लै हुनाले बढी डर भएको बालबालिका नै बताउँछन् । बालमैत्री स्थानमा आउादा खुसी लाग्ने, खेल्न पाइने, घरमा साथी हुादैनन् यहाा साथी भेटिने हुँदाले आफूहरू घरमा भन्दा बालमैत्री स्थानमा रमाउन थालेको उनीहरूको भनाइ छ । यहाा सदरमुकाम र वरपर पाल टाागेर बसिरहेका ५ वर्षदेखि १३ वर्षसम्मका १६५ बालबालिका आउने गरेका छन् । 

इकान्तिपुरबाट